Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव आएको खुलासा गरेका छन्। पाँच दलीय गठबन्धनका नेताले शनिबार पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भए पनि स्वीकार नगर्ने बताए। उनले गठबन्धनलाई धोका दिन नसक्ने प्रष्ट पारे। उनले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताए। ‘मलाई प्रधानमन्त्री आफर आइसक्यो’, नेपालले भने, ‘तर गठबन्धनलाई धोका दिन सक्दिन। यो लडाई केपी ओली प्रवृत्तिका विरुद्ध हो।’ संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउँदै नेता नेपालले केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नभएको बताए। उनले प्रधानमन्त्री केपी ओलीलाई शक्ति, सरकार र पैसाको मात लागेको आरोप लगाए। त्यही…

Read More

काठमाडौँ: मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । उपर्युक्त एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् । एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतबारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन्…

Read More

काठमाडौँ: शनिबार बिहानैदेखि देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले कर्णालीदेखि पूर्वका पाँचवटा प्रदेशमा वर्षा भइरहेको छ। वर्षासँगै बाढी तथा डुबानको जोखिम बढेको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाले आज कहाँ कहाँ बाढीको जोखिम छ भनेर अनुमान सार्वजनिक गरेको छ। सूचनामा भनिएको छ : आज कन्काई, कोसी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्ने र केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔं।’ बाढी महाशाखाले दैनिक ३ दिनसम्मको बाढीको अनुमान सार्वजनिक गर्छ।

Read More

काठमाडौँ: रेमिट्यान्स कम्पनीहरूले अब विदेशी मुद्राको समान विनिमय दर कायम गर्नुपर्ने भएको छ । रेमिट्यान्स कम्पनीहरूले विनिमय दरमा फरक गरेर व्यापार गरिरहेको सूचनाका आधारमा राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । निर्देशनमा सबै रेमिट्यान्स कम्पनीले समान विनिमय दर कायम गर्नुपर्ने, सम्झौतापत्रमा उल्लेख भएको भन्दा बढी सुविधा विदेशी सेवा प्रदायकलाई दिन नपाइने र एजेन्ट तथा सब–एजेन्टबाट धरौटी लिँदा बैंक तथा वित्तीय संस्थाको जमानत लिनुपर्ने उल्लेख छ । सबै रेमिट्यान्स सेवा प्रदायक संघसंस्थालाई विदेशी विनिमय डिलर एसोसिएसन (फरेन एक्सचेन्ज डिलर एसोसिएसन अफ नेपाल–फेडान) को सदस्यता लिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यो समाचार हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौँ । नयाँ व्यवस्थाअनुसार अब फेडानले राष्ट्र…

Read More

काठमाडौँ : झन्डै वर्ष दिनयता लगातार उकालो लागिरहेको खाने तेलको मूल्य केही मात्रामा घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा आएको गिरावट र आपूर्तिमा सहजतासँगै मूल्य केही घटेको उद्योगीहरूले बताएका छन् । बजार अनुगमन तथा नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगुवाइमा गुणस्तर तथा नापतौल विभागसहितको टोलीले तराईका केही तेल उद्योगमा अनुगमन गरेपछि मूल्य घटेको विभागको दाबी छ । वाणिज्य विभाग र उद्योगीको भनाइमा स्वयम् खुद्रा व्यवसायी भने सहमत छैनन् । सर्वसाधारणले पनि घटेको अनुभूति गर्न पाएका छैनन् । ‘अन्तर्राष्ट्रिय बजारमा बढेपछि त्यसको बहानामा मूल्य बढाए । अहिले चौतर्फी विरोध भएपछि केही घटाएको नाटक मञ्चनबाहेक केही होइन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले…

Read More

काठमाडौँ: खोपको अभावमा कोभिड–१९ को तेस्रो लहर आउने अवस्थामा ‘डेल्टा प्लस’ भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप ‘डेल्टा प्लस’ हो । डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको छ । ‘हालसम्म ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च संक्रामक छ,’ स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘हामी जिम्मेवार भएनौं भने डेल्टा प्लसद्वारा उत्पन्न संक्रमण बढ्न सक्छ ।’ डेल्टा प्लस भेरिएन्ट कोभिडको…

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।  प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका…

Read More

काठमाडौं: सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन उद्योगी व्यवसायीले आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुले सरकारले तत्काल बहुमत नेपालीलाई कोभिड १९ विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धरासाही हुने चेतावनी दिएका छन । नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा ब्यापार बिभागको आयोजनामा “कोभिड-१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव“ बिषयक भरचुअल अन्तरकृया कार्यक्रम सहभागी दर्जनौ व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुको अर्थतन्त्र समस्यमा जाने बताएका हुन् । कार्यक्रममा बोल्दै उद्योपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रत नहुनुले गम्भिर आशांका उत्पन्न गरेको बताए । संकटमा सरकारले अक्सिननै नपाएर मानिस मर्ने अवस्था आउनु सरकारको कमजोरी…

Read More

काठमाडौँ: कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बनका परेका छन् । पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (खनाल–नेपाल समूह)का चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरुले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शाहीलाई विश्वासको मत दिएका थिए । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको भनि प्रदेशसभामा जानकारी आएकाले सोही अनुसार व्यहोरा जानकारी गराइन्छ ।’ यसअघि पनि उनीहरुलाई सांसदबाट…

Read More