Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ। सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ। ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ भने, ‘नेपालमै मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस्ड गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो।’ रिफर्बिस्ड अर्थात् पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य हो। त्यसका लागि प्राधिकरणले एभरेस्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता…
काठमाडौँ: भूमि सुधारमन्त्री पद्मा अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको बालुवाटारमा रहेको जग्गा वैधानिक भएको दाबी गरेकी छन्। ललिता निवासको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याएको देखिएपछि विवादमा तानिएका पौडेलको बचाउ गर्दै मन्त्री अर्यालले मोहीबाट जग्गा किनेको देखिएकोले पौडेलको जग्गा वैधानिक भएको बताइन्। ‘विष्णु पौडेलले किनेको जग्गा मोही कायम भएको जग्गा हो। नेपाल सरकारले नै मोही कायम गरेर हक दिएकोले त्यो वैधानिक छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘मोही किटान भएर मोही कायम भएको जग्गा उहाँ (विष्णु पौडेल)को छोराको नाममा हस्तान्तरण भएको छ।’ उनकाअनुसार प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको…
काठमाडौँ: काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनुमतिबिना बनेका सटरमा डोजर चलाएको छ। खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएपछि महानगरले शनिबार डोजर चलाएको हो। महानगरले लगातार ताकेता गरे पनि पसलेहरूले अटेर गरेपछि महानगर सो कदम चालेको महानगर उपप्रमुख हरि प्रभा खड्गीले बताइन्। ‘सटर हटाउन महानगरले ताकेता गरिरहेको थियो। रातारात जेजे संरचना बनाइयो त्यो हटाउन भन्यौं। तर उहाँहरूले अटेर गर्नु भयो’, त्यसैले आज डोजर चलाइयो। जे भयो राम्रो भयो।’ महानगरले संरचना भत्काउँदा पसलेहरूले असन्तुष्टि पोखेका थिए।
काठमाडौँ: नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व सँगै आर्थिक क्रियाकलापले गतिलिन थालेको बताएका छन् । नेपाल राष्ट्रबैकको ६४ औ वार्षिकोत्सवको अवसरमा शनिबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर नेपालले मुलुकमा उत्साहजन आर्थिक परिदृश्य देखिएको बताए । उनले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा पर्यटन क्षेत्रमा भएको आशलाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको उनको भनाई छ । वित्तीय क्षेत्रमा लिएका नीतिगत तहमा चालिएको पअहअल कदमीको परिणाम स्वयरुप वित्तिय पहुँच पनि विस्तार भएको उल्लेख गर्दै उनले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै पूर्वाधार निर्माणका महत्वपूर्ण कामहरु अघि बढेको बताए । उनले बैक तथा वित्तिय संस्थाहरु आपसमा गाभिएका कारण वित्तीय…
कालिकोट: कालिकोटमा तरकारी बोक्ने जीप पल्टिँदा २५ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम मान्म बजारदेखि करिब ४ किलोमिटर दुरीमा रहेको पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका खेलाडी र दर्शक बोकेको जीप जिल्ला अस्पताल मोडमा पल्टिँदा २१ जना घाइते भएका हुन्। प्रहरीकाअनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस्थलतिर जाँदै गरेको लु १ च ६४६४ नम्बरको मदन होटलको रातो प्लेटको जीप अस्पतालको मोडमा बायाँतिर मोड्दै गर्दा पल्टिएर ५ जना महिला र २० जना पुरुष घाइते भएका छन्। पाँच जना यात्रुहरु बोक्न मिल्ने जीपमा ३५ जनाभन्दा बढी यात्रुहरु बोकेकाले जीप पल्टिएको प्रहरीको भनाई छ।
हुम्ला: हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण एक सातामै आठ जनाको मृत्यु भएको छ। टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउनेजस्ता रोगले एकै गाउँपालिकाका ८ जनाको मृत्यु भएको हो भने १२ जना विरामी छन्। पहिचान नखुलेको रोगका कारण शुक्रबारसम्म ८ जनाको मृत्यु भइसकेको स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए। रोगको पहिचान नभएको र उपचार नपाउँदा विरामी बढेका छन्। एक हप्ताअघि पानी परेसँगै फैलिएको रोगले ताँजाकोट १ का ७० वर्षीय कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली, ५ वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल,…
काठमाडौं : टुँडिखेल अतिक्रमणमा परेको छ। नेपाली सेनादेखि अस्थायी बसपार्क सार्ने नाममा टुँडिखेल अतिक्रमण भइरहेको छ। टुँडिखेलअन्तर्गतको खुलामञ्चको १३ रोपनी जग्गा कब्जा भएको छ। त्यहाँ ५२ वटा सटर बनाइएको छ। २९ तलले भ्यु टावर निर्माण गर्न खुलामञ्च पुरानो बसपार्क सारिएको थियो। काठमाडौं महानगरपालिका र निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच तीन वर्षसम्म खुलामञ्च उपभोग गर्ने गरी सम्झौता भएको थियो। महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले २०७३ साउन ३० गते कार्यादेशमार्फत निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न लिएका थिए। महानगरले दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, एक क्यान्टिन, एक मेडिकल पसल, एक टिकट काउन्टर, एक ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने…
काठमाडौं : ९ लाख ८ हजार नेपाली बेरोजगार छन्। तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। श्रम बजारमा हाल ८० लाख नेपाली उपलब्ध छन्। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण, २०१९ अनुसार बेरोजगारी दर ११.४ प्रतिशत छ। यसअघि सन् २००८ मा बेरोजगारी दर २.८ प्रतिशत र सन् १९९८ मा १.९ प्रतिशत थियो। अघिल्ला सर्वेक्षणमा स्वयंसेवकका रूपमा काम गर्नेलाई पनि रोजगार मानिएकाले बेरोजगारी दर कम रहेको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक नेबिललाल श्रेष्ठले बताए। पछिल्लो सर्वेक्षणअनुसार ७० लाख ८६ हजार जनसंख्यामा रोजगारीको पहुँच पुगेको छ। यसपटक विभागले वस्तु तथा सेवा उत्पादन र त्यसको उपभोग…
जनकपुरधाम:राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन कात्तिक २८, २९ र ३० गते हुने भएको छ । वैशाख ८ देखि १३ गतेसम्म काठमाडौंमा बसेको पदाधिकारी बैठकले कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन गर्नका लागि अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका सबै सदस्यहरु रहने गरी महाधिवेशन मूल आयोजक समिति र उनकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति गठन गरिएको छ । महाधिवेशन सम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार संयोजक ठाकुरलाई नै दिइने निर्णय बैठकले गरेको छ । यस्तै लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । समितिमा सर्वेन्द्रनाथ शुक्ल, मानधोज ब्लग तामाङ, मालामती राणा थारु, राजकुमार…
काठमाडौँ: नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन्। संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे। शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क समेत गरे। त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति÷कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाइ छ। संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह…
