Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काभ्रेपलाञ्चोक: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताउनुभएको छ । उहाँले धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै उहाँले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौँ, फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो । हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौँ, देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताउनुभयो…
काठमाडौं : उपसभामुखबाट केही समयअघि मात्रै राजीनामा दिएकी डा शिवमाया तुम्वाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिएकी छिन । उनलाई कानुनमन्त्रीको रुपमा आज सोमबार शपथ ग्रहण गरेकी हुन । यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । सभामुख नियुक्तिका लागि उपसभामुखको राजीनामापछि नेकपाले उनलाई रिक्त रहेको मन्त्रालय सुम्पने आश्वासन पहिल्यै दिएको थियो । त्यसअनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्दै तुम्बाहाम्फेलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका हुन ।
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार ४०० को दिशा पक्डेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा परेको छ । आज झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भएको छ । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५०…
काठमाडौँ : ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ पर्सी फागुन ७ गते चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा फागुन ७ गते आयोग परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, ९२०७६÷०७७–२०८०÷०८१०, निर्वाचन स्मारिका– २०७६ र निर्वाचन न्याय, स्रोत पुस्तिका– २०७६ को लोकार्पण हुनेछ । विसं २०१५ को संसदीय आम निर्वाचन प्रारम्भ भएको फागुन ७ को दिनलाई २०७३ सालदेखि निर्वाचन दिवसका रुपमा मनाउन शुरु गरिएको हो । उक्त निर्वाचन पहिलो बालिगमताधिकारका आधारमा भएको आम निर्वाचन थियो । निर्वाचन…
हेटौँडा : वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा—धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतिय बस सञ्चालन गर्न लागेको हो । प्रदेश सरकारले ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको जनाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतिय बसको सञ्चालनले प्रदेशलाई समृद्ध बनाउने बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले यस्ता गौरवका योजना छिटो नै सम्पन्न गरेर समृद्ध प्रदेश निर्माण गर्नेछ । उहाँले सरकारले दुई वर्षभित्र समृद्धितर्फ जाने गौरवका योजनाको डिपिआर…
दार्चुला : जिल्ला सदरमुकाम खलङ्गाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्केका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन । व्यास क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेका कारण हवाई निरीक्षण गरेरै फर्किएका हुन । त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले बताइन । “हेलिकोप्टर ल्यान्ड हुने अवस्था भएन”, उनले भनिन, “हेलिकोप्टरबाटै भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो ।” भारतले तीन–तीन किलोमिटर क्षेत्रमा राखेका सुरक्षा पोष्ट देखाइएको उनले बताइन । उनले भनिन, “हाम्रोतिर निकट भविष्यमै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट ९बिओपी० राख्ने प्रस्तावित स्थलसमेत देखाइएको…
काठमाडौं : नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा छनोट भएका छन्। काठमाडौंका दिवेश पढाइको सिलसिलामा अमेरिका पुगेका हुन्। दिवेश अमेरिकन आइडलको १८ औं सिजनमा प्रतिस्पर्धाका लागि सहभागी भएका थिए। आइतबार दिवेश अमेरिकन आइडलमा छनौटमा परेका हुन्। अडिसनमा दिवेशले बब डाइलनको ‘गर्ल फ्राम दि नर्थ कन्ट्री’ भन्ने गीत गाएका थिए। जुन आइडलका सबै जजले मन पराएका थिए। उनको गीत सुनेपछि सबै जजले दिवेशलाई ‘हलिउडमा स्वागत छ’ भनेका थिए। दिवेश पोखरेलले आफ्नो स्टेज नाम ‘अर्थर गन’ रहेको बताएका छन्। अमेरिकन आइडलमा हाल जजका रुपमा चर्चित गायक गायिका लुक ब्रायन, केटी पेरी र लयोनल रिची छन्।तीनै जजले दिवेश पोखरेलको…
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफाइ पाएका छन् । आज सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो । बलात्कारको आरोप पुष्टि नभएको अदालतले ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिने फैसला गरेको हो । संघीय संसद सचिवालयमा कार्यरत् कर्मचारी रोशनी शाहीले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि महराले बलात्कार प्रयासको मुद्दा खेपिरहेका थिए । आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।
चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहेका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमण गरेको अभियोगमा प्रहरीले रामपुरबाट तीनजना विद्यार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार पक्राउ पर्नेमा प्रेम घर्ती, सबित सुवेदी र अभिषेख न्यौपाने रहेका छन् । तत्कालीन अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबीच झडप भएको हो । पाठक तत्कालीन अनेरास्ववियुका जिल्ला अध्यक्ष हुन । पक्राउ परेकाहरु अखिल क्रान्तिकारी निकट रहेको जनाइएको…
काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले पहिलो संविधानसभाका सदस्य सिद्धार्थकुमार सोमानी र राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा दिवङ्गत सोमानी र उपाध्यायको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो । सांसद उपाध्याय २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश नं। ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । क्यान्सर रोगका कारण स्व। नेता उपाध्यायको ५१ वर्षको उमेरमा यही फागुन २ गते उपचारका क्रममा निधन भएको थियो । त्यसैगरी स्व। सोमानी विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा…
