Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
- भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
- ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
- बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
- मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
- दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
- ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
- होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइएको छ । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई पोखरा र चन्द्रगिरिमा पु¥याइनेछ । पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो । त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा‘बादल’ले अध्यागमन विभागका कामकारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको अनुगमनपछि कर्मचारीहरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे । उनले भने,‘ विदेशीले नेपाल टेक्ने बित्तिकै हुने उसको फस्ट एक्स्पीरियन्स महत्वपूर्ण हुन्छ । पहिलो अनुभवनै नराम्रो भयो भने उ फर्केर फेरी नेपाल आउँदैन । साथीहरुलाई पनि नजान सुझाव दिन्छ । तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर तपाईहरुले काम गर्नुहोस् । ’…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा‘बादल’ले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताउनुभएको छ । विभागमा आज आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जून मुलुकको जासुुुसी संयन्त्र बलियो छ तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरीरहेको टिप्पणी गरे । उनले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै यि निकायबीचको समन्वयमा मात्रै अपराधका घटना नियन्त्रण गर्न सकिने बताए। उनले भने, ‘ विभागले आँखाको रुपमा राष्ट्र र समाजका शत्रुहरुलाई पहिचान गर्ने, लक्ष्य तथा प्रहार स्पष्ट पार्नेे काम गर्नुपर्छ । यसले संकेत गरेका आधारमा अन्य सुरक्षा निकायले औंलाको काम गरी ट्रीगर दबाउनुपर्छ । ’ विभागले वस्तुनिष्ठ…
पोखरा: वालिङ.नगरपालिका–१३ सिख्रेका पाँच वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको आफ्नै घरमा रहेको अम्बा खाने क्रममा मृत्यु भएको हो । अम्बा घाँटीमा अड्किएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अल्पविकसित एवम् भूपरिवेष्टित देशलाई विकासका गतिविधि सञ्चालन तथा दिगो विकासका लक्ष्य हासिल गर्न अतिरिक्त स्रोत परिचालन अपरिहार्य भएको बताए छन् । ‘अल्पविकसित भूपरिवेष्टित मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन’ विषयक बैठकलाई बिहीबार जेनेभामा सम्बोधन गर्दै मन्त्री यादवले अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुनसमेत नेपाललगायत अल्पविकसित एवम् भूपरिवेष्टित राष्ट्रलाई थप स्रोतसाधन आवश्यक पर्ने बताए । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपाली नियोगका अनुसार मन्त्री यादवले स्रोतको अभाव परिपूर्ति तथा आर्थिक रुपान्तरणको प्रक्रियालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न प्रत्यक्ष वैदेशिक लगानीको अहम् भूमिका हुने बताए । वैदेशिक लगानीका निम्ति उपयुक्त वातावरण बनाउन तथा बाह्य लगानी…
कास्की : पर्यटकीय शहर पोखरामा आजदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी शुरुआत गरेको छ । सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन विराटनगर टाईटन्स माथि ५८ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा विराटनगरमाथि तीन विकेटको क्षतिमा १९७ को चुनौती पेस ग¥यो । पोखराका लागि उसका सबै ब्याट्सम्यानले आक्रामक ब्याटिङ गर्दै फराकिलो रनको लक्ष्य दिएका थिए । खेलमा १९८ रनको लक्ष्य पाएको विराटनगरले आठ विकेटको क्षतिमा १३९ रनमा चित्त बुझायो । पोखरा पल्टनका लागि ओपनरको रुपमा मैदानमा आएका कुशल भुर्तेलले ३८ र आसिफ सेखले ५२…
काठमाडौँ : सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य लिएसँगै थप ५१ जिल्लामा गरीब पहिचान गर्ने भएको छ । गरीब घरपरिवारको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजनामार्फत उनीहरुलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्य राखिएको छ । जनताको जीवनस्तरमा सुधार ल्याई सरकारले मुलुकमा गरीबी निवारण गर्ने लक्ष्य रहेको उक्त कार्यक्रम दुई वर्षभित्र सम्पन्न गरिने भूमि व्यवस्था तथ सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । चालू आवमा ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ भने आगामी वर्षमा आवश्यकताअनुसार लगानी वृद्धि गरिने छ । यसअघि सर्भेक्षण गरिएका देशका २६ जिल्लाबाहेकका स्थानमा सर्भेक्षण गर्न लागिएको हो । गरीब घरपरिवारको पहिचानका लागि जनसङ्ख्या,…
ललितपुर: साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको पाँच करोड र ललितपुर महानगरपालिकाको एक करोड रुपैयाँ लगानीमा बस भित्र्याउन लागिएको हो । व्यवस्थापक पाण्डेयले भने, “नयाँ बस पनि यसअघि साझाले भित्र्याएको जस्तै आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।”यसअघि जस्तै भारतीय कम्पनी अशोक लेल्याण्डको बस दुई महीनाभित्र काठमाडौँ भित्र्याउने लक्ष्य छ । बस आएपछि दर्ता भएर सडक निर्धारण हुने बताइएको छ । देशभर सञ्चालित विभिन्न यातायात सेवा प्रदायकमध्ये साझा यातायातमा…
काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को शुरुवातीदेखि नै नेपालको व्यापार घाटा चुलिंदै गएको छ । चालू आवको तीन महिनामा व्यापार घाटा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार समीक्षा अवधिमा सोहि समयकोअघिल्लो वर्षको तुलनामा व्यापार घाटा ४५ दशमलब ९२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालबाट २३ अर्ब ७४ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ३ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ४३ दशमलब ५७ प्रतिशतले र निर्यात १६ दशमलब ०८ प्रतिशतले बृद्दि भएको छ । निर्यातको तुलनामा आयातमा…
काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले २५ हजार यौनजन्य सामग्री उत्पादन र प्रशारण गर्ने बेवसाइट बन्द गरेका छन्। प्राधिकरणले हजारौँ वेवसाइट बन्द गरेसँगै गुगलमा सर्वसाधारणले सर्च गरेको भरमा योनजन्य सामग्री उत्पादन गर्ने बेवसाइडहरु नभेटिने प्रधिकरणका सूचना अधिकारी तथा वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज ५ गते प्राधिकरणलाई यस्ता बेवसाइटलाई बन्द गर्न निर्देशन दिएको थियो। त्यसै अनुरुप प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीसँग अनुरोध गरेर बेवसाइट बन्द गरेको खनालले बताए।
