Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू छोटोछोटो समयमा फेरिँदा नेपालले अपेक्षाकृत रूपमा खोप भित्र्याउन सकेको छैन । सुरुमा अनुदानका खोपको भर परेर बसेको सरकारले अहिले खरिद गर्न खोज्दासमेत खोप उत्पादक कम्पनी र दाताले पत्याएका छैनन् । पछिल्लो समय उनीहरूले सरकारी निकायले लेखेका पत्रको जवाफसमेत दिन छाडेका छन् । कोरोना महामारी सुरु भएयता तीन जना स्वास्थ्यमन्त्री फेरिइसकेका छन् । बारम्बार मन्त्री परिवर्तन हुँदा दाता र खोप उत्पादन गर्ने कम्पनीले पत्याउन छाडेको कर्मचारीहरू बताउँछन् । एक वर्षअघि मुलुकमा कोरोना संक्रमण सुरु हुँदा भानुभक्त ढकाल स्वास्थ्यमन्त्री थिए । उनी पर्यटनमा सरुवा भएपछि २०७७ पुस १० मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीले सम्हाले । उनी पनि हटेपछि २०७८ जेठ २१ मा शेरबहादुर…
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढाएका हो । निगमले पेट्रोल, डिजेल तथा मटितेलको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । नयाँ भाउ अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । यसगरी हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर कायम गरिइएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गरिएको न यसअघि निगमले गत जेठ २२…
काठमाडौँ: विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै बिरोध प्रर्दशन गरिने भएको हो । काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं)ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्न लागेका हुन्। प्रधानमन्त्रीले नेपाली जनताको त्याग,बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानलाई तहसनहस बनाउने कार्य गर्दै आएको विद्यार्थी संगठनले ठहर गरेका…
काठमाडौँ: कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी पाँच दलको बैठकले गठबन्धनलाई दरो बनाएर लैजाने तथा ‘प्रतिगमन’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको छ । बैठकले सरकारका ‘असंवैधानिक कदम’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका हुन् । उनले भने,‘बैठकमा गठबन्धनलाई दरो बनाएर लैजाने र प्रतिगमनविरुद्ध खरो उत्रिने निर्णय भएको छ ।’ बैठकमा सहभागी एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले गठबन्धनलाई थप मजबुत बनाएर लैजानुपर्ने बताएको अध्यक्ष यादवले जानकारी दिए । नेता नेपालको भनाइ उद्धृत गर्दै अध्यक्ष यादवले भने,‘माधवकुमार नेपालले समेत सहकार्य जारी रहने र अब केपी ओलीसँग कुनैपनि अबस्थामा सहकार्य नहुने…
काठमाडौँ: जारी यूरो कप फुटबलमा वुधबार भएको फ्रान्स र पोर्चुगलबीचको खेल २-२ को बराबरी भएको छ । योसंगै पोर्चुगल र फ्रान्स आफ्नो समूह एफ बाट अन्तिम १६ मा प्रवेश गरेको छ भने सोही समयमा भएको सोहि समुहको अर्को अर्को खेलमा भने जर्मनी र हंगेरी पनि बराबरी खेलेको छ। हंगेरीको बुदापेस्टमा भएको खेलमा पोर्चुगलले दुवै गोल पेनाल्टी मार्फत गरेको थियो भने फ्रान्सले पनि एक गोल पेनाल्टीमा गरेको हो। फ्रान्स र पोर्चुगलका लागि करिम बेन्जमा र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो दुई दुई गोल गरेका हुन्। यो समूहमा जर्मनी र पोर्चगलको समान ४ अंक रह्यो भने समूहको शिर्षस्थानमा रहेको ५ अंक रह्यो। हंगेरी समूह…
काठमाडौँ: पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल निकट युवा नेता जीवन राईले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्। एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए। आयोगको जेठ ३० गतेको बैठकको निर्णय अनुसार आज प्रमाणपत्र प्राप्त गरेको उनले बताए। राई अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम छ। दल दर्ताको प्रमाणपत्र पाएपछि अध्यक्ष राईले पार्टीको भविष्य उज्वल रहेको बताए। ‘यो बीचमा हामीले सबै पार्टीका नेताहरुसँग कुरा गर्यौं’, उनले भने, ‘सबै कम्युनिष्टहरुलाई एकीकृत बनाउनका लागि नेकपा (एकीकृत) बनाएका हौं।’ उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम…
काठमाडौं: विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो । बैठकका लागि नेताहरु देउवा निवासमा पुगेका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान असार १७ र अन्तर्राष्ट्रिय उडान तत्काल गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्दै थप स्पष्टको लागि उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाइ शाखा प्रमुख बुद्धिसागर लामिछानेले जुलाई १ अर्थात् असार १७ गतेबाट आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान तत्काल खोल्ने निर्णय भएको बताए। यसअघि मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले आइतबारबाट सुरु हुने नेपालखबरसँग बताएका थिए। मन्त्रालयले सूचना नै जारी गर्दै असार १७ बाट कुल उडान संख्याको ५० प्रतिशत बढ्ने गरी आन्तरिक उडान गर्ने जनाएको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडान उडान…
काठमाडौँ: नेपाल टेलिकमले बुधबार बिहान अप्रत्याशित सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । एक विज्ञप्ती जारी गर्दै कम्पनीले कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भएपनि बुधबार अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको जनाएको हो । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको जनाएको छ । सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको…
काठमाडौँ:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ । अख्तियारले कर फर्छ्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र शर्माविरुद्ध भ्रष्टाचार आरोप पत्र दायर गरेको हो । उनीहरुले मनोमानी ढङ्गबाट १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ कर छुट दिएको आयोगले जनाएको छ । उनीहरुले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पु¥याई बदनियतपूर्ण काम गरेको स–प्रमाण पुष्टि भएको…
