Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेका हुन् । उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए। भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेको बीबीसीले जनाएको छ । ट्रम्पका समर्थक अन्धाधुन्ध आक्रमणमा उत्रिएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । घटनामा एक महिलाको मृत्यु भएको विवरणहरू सार्वजनिक भए पनि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।…

Read More

काठमाडौँ: १ लाख ५० हजार घुससहित सव–इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ गरेका छन् । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई सो घुस रकमसहित पक्राउ गरेको हो । उनलाई रकम लिइसकेको अवस्थामा भानु नगरपालिका वडा नम्बर २, बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौं: नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै बिदा हुने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आयोजना गरेको अनन्तरक्रिया कार्यक्रममा उनले सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको बताए । ‘आज निर्वाचनबाट सत्तामा गएका ओली विदा हुँदैछन् । हिजो ज्ञानेन्द्र विदा भए । नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैन,’ रिजालले भने । उनले संसारका निरङ्कुश शासकहरु मध्ये ओली पनि एक भएको बताए । रिजालले भने, ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो । यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्ने भन्ने हो…

Read More

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल र तिनाउ मिसन डेभलपमेन्ट बैंकबीच एक्वायर गर्ने अन्तिम सम्झौंता भएको छ। सम्झौंतापत्रमा सिटिजन्स बैंकका संचालक तथा एक्वायर समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका संचालक तथा मर्जर समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरे। दुवै बैंकले आ—आफ्नो विशेष/साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछन्। त्यसपछि राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु हुनेछ। दुवै बैंकले गत कात्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो। पुस २२ गतेसम्मको तथ्यांकका आधारमा एक्वायरपछि सिटिजन्स बैंकको निक्षेप करिब १ खर्ब २४ अर्ब पुग्नेछ भने ऋण १ खर्ब २ करोड पुग्नेछ। बैंकको शाखा १ सय ६३ हुनेछ।…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा उहाँले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशङ्का गरे पनि त्यस्तो केही नहुने स्प्रष्ट पार्नुभयो । उहाँका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्नेछ । उहाँले भन्नुभयो, “व्यवसायी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुहोस ।” सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गर्नुभयो । यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पु¥याउने उहाँको भनाइ छ । उहाँले…

Read More

काठमाडौं: पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको आरोप लगाएका छन् । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तर पार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ नभई संविधान र व्यवस्था माथिको ‘कू’ गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले गरेको ‘कू’ २०१७ सालमा राजा महेन्द्र र २०६०÷६१ मा राजा ज्ञानेन्द्रले गरेको ‘कू’ जस्तै भएको बताए । उनले भने, ‘केपी ओलीको नेतृत्वमा नेपालमा जुन प्रतिगमनकारी घटना घट्यो पुस ५ गते यो सामान्य होइन । मेरो विचारमा १७ सालमा राजमा महेन्द्रले…

Read More

काठमाडौँ: संसद् विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ अर्को साता हुने भएको छ । बुधबारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते अर्थात बुधबार गर्ने तय गरेको हो । बुधबारको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा भएको थियो । तर वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि संसद् विघटन विरुद्धका रिटको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की अलग भएका छन् । बुधबार अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेका थिए । त्यसपछि कार्की इजलासमा नबस्ने निर्णयमा पुगेका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अदालत जस्तै बनाउनुपर्ने भन्दै कार्की इजलासमा बस्न उचित…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ । यसअघि मंगलबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७४८ थियो । पछिल्लो २४ घण्टामा थप ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५६ हजार १६१ पुगेको छ…

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरे । विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।

Read More

काठमाडौँ: दाहाल–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन बालेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका छन् । ओलीले गैरसंवैधानिक तवरले प्रतिनिधिसभा भंग गरेको विरोधमा दाहाल-नेपाल समूहको अनेरास्ववियुले आज लालटिन बालेर प्रदर्शन गरेको हो । अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा भएको प्रदर्शन माइतीघर मण्डलदेखि नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।अनेरास्ववियुले सरकारविरूद्ध पुस २९ गतेसम्म सडक आन्दोलन घोषणा गरेको छ । आन्दोलन अन्तर्गत पुस २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम तथा २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ। पुस २७ गते प्रतिगमनविरुद्ध…

Read More