Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दुई नोतहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने बुझिएको छ । दुवै नेता उक्त प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटेका छन् । नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्नेमा छलफलपछि प्रस्ताव तयार गरेर अघि बढ्ने तयारी छ । मुलतः कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता नेपाललले…
काठमाडौँ: राष्ट्रिय गौरबको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको रुख गणना मंसिरभित्र सम्पन्न गर्न पर्यटन मन्त्रालयले डिभिजन वन कार्यालय बारालाई निर्देशन दिएको छ। मन्त्रालयले जनशक्ति थपेर भए पनि मंसिरसम्म रुख गणना र नम्बरिङ सक्ने निर्णय गरेको हो। हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको उच्चस्तरीय सहजीकरण समितिको बैठकले आउँदो मंसिर मसान्तभित्र रुख तथा पोलहरूको लगत नम्बरिङको कार्य सम्पन्न गर्ने निर्णय गरेको हो। बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि १५ दिनभित्र मोडालिटी टुङ्ग्याउने निर्णय समेत गरेको छ। २०७६ माघ २…
काठमाडौँ: नागरिक लगानी कोषले हकप्रद शेयर विक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कोषले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा एक अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसका लागि कोषले गत सोमवार बोर्डमा निवेदन दिएको हो । कोषको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हाल कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ । कोषको नयाँ संशोधति ऐनअनुसार चुक्ता पूँजी…
काठमाडौं: सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर,…
काठमाडौं:काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् । निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिए पनि यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् । हिजो काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको छ। ‘अब दुईचार दिनमा खाना बाँड्ने मान्छेको लस्कर लाग्न थाल्छ’ डिसिसीएमीको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने– ‘खाना बाँडेर फोटो खिचाउने संस्कारले संक्रमण झन् बढ्छ, त्यसैले जनजिविका सहज बनाउनका लागी खुकुलो…
काठमाडौं: विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २२ हजारभन्दा धेरै भएको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका…
एजेन्सी: पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्विडेनविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय एक पुर्याएका रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् । राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईलेमात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगका गएरातिका अन्य खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले, फ्रान्सले क्रोयसियालाई ४–२…
काठमाडौं: लकडाउन अन्त्यको पूर्व सन्ध्यामा आयोजान गरिएको काठमाडौं उपत्यकाका नगरपालिकाका मेयर र पधाहिकारीले उपत्यका भित्रने नाका शील गरी सेना परिचालन गर्न सरकारलाई सुझाएका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञालाई उपत्यकाको हकमा खुकुलो पार्दै नाकामा भने कडी कड़ाउ गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । ‘भदौ २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई पनि नियमित गर्ने आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको छ’ फोरमका उपाध्यक्ष मेयर महर्जनले भने । उनका अनुसार उपत्यका प्रवेश नाकामा सेना परिचालन गर्नुपर्ने निश्कर्षमा पुगेर त्यसैअनुरुपको व्यवस्थाका लागि संघ सरकारलाई…
काठमाडौँ: प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको सल्लाघारी नजिकबाट कन्टेनरमा लोड गरि राखिएको ठुलो मात्राको अवैध लागु औषध जफत गरेको छ । महाशाखाको टोलीले उक्त परीमाणको लागु औषध ना ३ ख ९८९ नम्बरको ट्रकको सीट मुनी ‘फल्स बटन’ बनाई ल्याएको खुलेको महाशाखाका एसपी तथा प्रबक्ता ईश्वर कार्कीले बताए। यस कार्यमा संलग्न तीन जनालाई प्रहरी पक्राउ समेत गरेको छ। घटनाको थप विवरण यस्तो छ: लागुऔषध कारोबार गर्ने व्यक्तिहरूले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागु औषध ओसार पसार गरी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचना प्राप्त भएकोले यस महाशाखा तथा महानगरीय…
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २५ हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्न सकिने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दैनिक २२ देखि २५ हजार जनाको पिसिआर परीक्षण गर्ने क्षमता रहेको जानकारी गराएका छन्। विभिन्न विधिबाट परीक्षण गर्ने ढोका खुलेको भन्दै उनले भने, ‘जीन एक्पर्टबाट पनि परीक्षण भइरहेको छ। साथै एन्टिजेन परीक्षण गर्नलाई त्यसको गुणस्तर प्रत्याभूति गर्ने काम भइरहेको छ।’ सरकारले एन्टिजेन परीक्षण गर्ने तयारी गरिरहेका बेला विज्ञहरूले भने उक्त परीक्षण विश्वसनीय नभएको भन्दै परीक्षण नगर्न सुझाएका छन्। मन्त्रालयले भने जापानबाट ६० हजार एन्टिजेन किट आउन लागेको भन्दै छिट्टै उक्त विधिबाट परीक्षण गरिने जनाएको छ।…
