Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: ‘स्विफ्ट टटल’ नामक पुच्छ्रे ताराका कारण हुने उल्का वर्षा आज रातिदेखि हुने भएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको पनि उनले जानकारी दिए । ‘स्विफ्ट टटल’ ले सूर्यको एकपटक परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । ‘स्विफ्ट टटल’ अहिले पृथ्वीको नजीक छैन । तर, यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्छ । ‘जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे तारा उक्त कक्षको नजीक…
काठमाडौं: त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सीमा कार्यरत ६ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार दुई डाक्टर र चार नर्समा संक्रमण पुष्टि भएको हो । संक्रमित चिकित्सकमा लक्षण समेत छ । चिकित्सकबाट अरुलाई पनि संक्रमण सरेको हुनसक्ने भएकाले भोलि बिहीबारबाट अस्पतालको आकस्मिक सेवा बन्द गर्ने निर्णय भएको छ । ओपीडी सेवा भने सञ्चालन नै रहनेछ ।
काठमाडौं:नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको रहस्यमय ढङ्गले निधन भएको भन्दै निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टको हस्ताक्षमा बुधबार जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघका पूर्वसचिव बानियाँको दुःखद् निधनले महासंघ स्तब्ध भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ ।’ महासंघले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र स्वर्गीय बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारका पक्षमा पुर्याउनु भएको…
काठमाडौँ: कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २९ देखि भदौ ११ गतेसम्मका १५ दिन अत्यावश्यक सेवा मात्र दिने भएको छ। उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै कम्पनीले कम्पनी प्रसाशन सम्बन्धी अन्य कामहरु बन्द गरेको हो। यस अवधिमा औषधि उत्पादन तथा बिक्री वितरण, जनस्वास्थ्यसँग सम्बन्धी, मास्क सेनिटाइजर, सरसफाइ, खाद्यान्न, खानेपानी जस्ता अत्यावश्यक सेवासँग सम्बन्धित कम्पनी मात्र दर्ता गर्ने जनाएको छ। कोभिड-१९ को जोखिमलाई ध्यान दिई कार्यालयमा सेपाग्राहीको बढ्दो भीडलाई मध्येनजर गर्दै यस्तो व्यवस्था लागू गरिएको उप-रजिष्ट्रार तुल्सीराम गैरेले जानकारी दिए। यस अवधिमा कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनुपर्ने वार्षिक विवरण लगायतका अभिलेखहरु अनलाइनबाट मात्र बुझाउनुपर्ने व्यवस्था गरिएको गैरेको भनाइ छ। सोको लागि कार्यालयले…
काठमाडौं: कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि विशेष अदालत काठमाडौंले बन्दीका मुद्दाको सुनुवाई बाहेकका काम नगर्ने निर्णय गरेको छ । यअसघि विशेष अदालतले पेशी स्थगित गर्ने निर्णय गरेकोमा अब बन्दीका मुद्दाको सुनुवाई बाहेक अन्य कार्य भदौ १५ गतेसम्म स्थगित गर्ने निर्णय गरेको हो । वकपत्र गराउन ल्याउने प्रतिवादीको पिसिआर सम्भव नभएको र कोरोनाको जोखिम बढ्दै गएकाले बन्दीबाहेकका सबै सेवा १५ गतेसम्मका लागि स्थगित भएको विशेष अदालतका सूचना अधिकारी इन्द्र कुमार खड्काले जानकारी दिए। अदालतले भदौ १५ सम्म धरौटी फिर्ता गर्ने, मुद्दा दर्ता, तारेख बुझ्ने, थुना मुद्दाको पेशी गरी सुनुवाई गर्ने मात्र काम गर्ने जनाएको छ ।
काठमाडौं: काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना गरी १३८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण अस्पतालमा ११ जन र नेपाल प्रहरी अस्पतालमा गरिएमको परीक्षणमा २२ जनामा संक्रमण भेटिएको हो । यस्तै स्टार हस्पिटलमा ९ जना, ह्याम्स अस्पतालमा ८ जना, बिथ ल्याबमा ५ जना र वीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रण पुष्टि भएको हो । यस्तै…
काठमाडौं: नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ भने क्वारेन्टाइनमा रहेकाहरुको संख्या १४ हजार ८४६ रहेको छ । कहाँ कति थपिए ? स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्लेजुङका १, सप्तरीका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी सिरहाका १०, धनुषाका…
काठमाडौं: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १.५१ अङ्कले बढेर एक हजार ४२५.३२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ । स्टकका अनुसार आज कूल १८८ कम्पनीका ३० लाख ३२ हजार ३११ कित्ता शेयर रु ९५ करोड १९ लाख ६० हजार २०८ मा खरिदबिक्री भए । आज कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.८१ अङ्कले बढ्दा होटल ०.७४, निर्जीवन बीमा ३९.०८, उत्पादन ०.३१, जीवन बीमा ६.७७…
काठमाडौं: सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो । अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो । अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए ।…
काठमाडौं : आगामी भदौ १६ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालन गर्नुपर्ने वायूसेवा सञ्चालक संघ नेपालले माग राखेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले आगामी भदौ १६ गतेदेखि आन्तरिक हजाई सेवा उद्योगलाई तत्कालै सञ्चालनमा नल्याए आन्दोलन गर्ने चेतावनी दिएको छ । यसअघि सरकारले कोभिडको महामारीका कारण भदौ १५ गतेसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको र कोरोना संक्रमितको संख्या बढेपछि अस्ति सोमबारको मन्त्रीपरिषदको बैठकले भदौ ३१ गतेसम्म हवाई सेवा बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि संघले यस्तो चेतावनी दिएको हो । संघले भदौ १ गतेदेखि नै आन्तरिक वायूसेवा कम्पनीहरु उडान सञ्चालन गर्न पूर्ण तयारी रहँदारहँदै सरकारबाट सेवा बन्द गर्ने निर्णय…
