Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रहरीले काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् । रकमबारे थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए । सोमबार बेलुकी पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक करोड रूपैयाँ रकम पनि बरामद गरेको छ। यो हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारको रकम भएको प्रहरीको दाबी छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको ब्युरोका डिआईजी सहकुल थापाले जानकारी दिए।
काठमाडौँ: बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले एकमुष्ट रूपमा प्रदान गर्ने पुनर्कर्जाका लागि करिब ७२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । बैंक तथा वित्तीय संस्थाले भदौ १ देखि असोज मसान्तसम्म आवेदन संकलन गरेका थिए । सो अवधिमा ४४ वटा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब रुपैयाँ बराबरको कर्जा माग गर्दै आवेदन परेको राष्ट्र बैंकले जनाएको छ । पुनर्कर्जाको नयाँ कार्यविधिअनुसार राष्ट्र बैंकले कुल पुनर्कर्जा रकमको बढीमा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा रकम प्रदान गर्नेछ । तोकिएको मापदण्डभित्र रहेर बैंक तथा वित्तीय संस्थाले सो रकम ऋणीलाई प्रवाह गर्नेछन् । बाँकी ३० प्रतिशतमध्ये २० प्रतिशत ग्राहक पुनर्कर्जाअन्तर्गत राष्ट्र बैंकले प्रवाह गर्छ । बाँकी १०…
एजेन्सी: भारतीय अभिनेता आमिर खानकी छोरी इरा खानले सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्र्दै एउटा अचम्मको कुरा बताएकी छन्। उनका अनुसार उनी १४ वर्षको हुँदा चिनजानकै एक आफन्तले उनको यौन शोषण गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार इरा खानले गत अक्टोबर १० तारिख विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा उनले आफू डिप्रेसनमा रहेको बताएकी थिइन्। त्यसपछि मानिसले उनलाई त्यसको कारण सोधिरहेका थिए। उनले इन्स्टाग्राममा सेयर गरेको भिडिओमा भनेकी छन्, ‘जब म १४ वर्षकी थिएँ, तब मलाई यौन दुर्व्यवहार भइरहेकाे थियो। त्यो एउटा अनौठो अवस्था थियो। मलाई नै थाहा थिएन कि ममाथि के भइरहेको छ? जसले यस्तो गरिरहेको थियो, त्यो चिनजानकै मानिस थियो।…
काठमाडौँ: राष्ट्रिय सभाका सांसद तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ। ६३ वर्षीय नेता केसीको सोमबार राति निधन भएको हो। आफ्नै निवासमा सोमबार साति १०ः३० बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। मिर्गौलाका बिरामी उनी केही समयदेखि सुगर र प्रेसरबाट पीडित थिए। उनलाई निमोनियाँको पनि आशंका गरिएको छ। अचानक रक्तचाप कम भएपछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पहिलो संविधानसभामा राप्रपपाबाट सांसद बनेका केसी ३ वर्षअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए। पोखराका प्रतिष्ठित व्यवसायी केसीको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ। २०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासघंको आगामी निर्वाचनको लागि किशोर प्रधान समूहले उम्मेदवारी दर्ता गरेको छ। सोमबार बिहान उम्मेदवारी घोषणा गरेको प्रधान समूहले दिउँसो दर्ता गरेको हो। वरिष्ठ उपाध्यक्षमा प्रधान, जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा शौरभ ज्योती लगायत अन्य उम्मेदवारीहरुले प्रत्यक्ष र अनलाइनमार्फत उमेदवारी दर्ता गराएका हुन्। सबै जनाको आजै उम्मेदवारी दर्ता गरिने एसोसिएट सदस्य उमेदवार कृष्ण प्रसाद दुलालले जानकारी दिए। ‘एसोसिएट, वस्तुगत र जिल्ला सबैको उमेदवारी दर्ता आजै गर्ने हो। लगभग सबैको भइसक्यो, केहीको हुँदै छ,’ उनले भने। कोभिड–१९ को विषम् परिस्थितिमा अध्यक्षलाई सघाउने टोली नहुँदा देशको अर्थतन्त्र नै धरापमा पर्ने देखिएकाले भावी अध्यक्ष…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले आज मंगलबार दिनभर विद्युत आपूर्ति बन्द गर्ने भएको छ। बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने केन्द्रले जानकारी दिएको छ। जोरपाटी वितरण केन्द्रको मुलपानी स्वचिङ्गबाट सञ्चालित साँखु फिडरको मुलपानी ब्रह्मखेल सडक खण्डको पोल सिफ्टिङ गर्ने कार्य हुन लागेकोले विद्युत आपूर्ति बन्द हुने केन्द्रको भनाइ छ। केन्द्रका अनुसार निर्धारित समयभन्दा अगाडि नै काम सकियो भने विद्युत आपूर्ति छिटै गरिनेछ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । सरकारका विकास निर्माण कार्यका लागि आवश्यक पूँजी जुटाउनका केन्द्रीय बैंकले सो ऋणपत्र निष्काशन गर्न लागेको हो । ‘विकास ऋणपत्र २०८७ घ’ को सावा १० वर्ष पछि परिपक्क हुनेछ । सो ऋणपत्र खरिदका लागि बुधबार बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रका माध्यमबाट ब्याजदर निर्धारण गरिने सो ऋणपत्रको निष्काशन बिहीबार हुने केन्द्रीय बैंकले जनाएको छ । बोकबोल मार्फत निर्धारण हुने ब्याज भने अर्धवार्षिक रुपमा भुक्तानी पाइने छ । खरिदकर्ताले न्यूनतम ५० हजार देखि ५० हजारले निशेष भाग जाने गरी कुल निष्काशित रकमका लागि आवेदन दिन सक्नेछ । साथै…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् । उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत् देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको उनको भनाई थियो । आफ्नो समुहका उम्मेदवारहरुसँगको भर्चुअल अन्तरकृयामा ढकालले भने “कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं र अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भैसकेको…
काठमाडौँ: अमेरिकामा बहुप्रतिक्षित राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । नेपाली समयानुसमा आज राति सुरू निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडन प्रतिस्पर्धामा छन् । कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव संसारभरको चासोको केन्द्र बनेको छ । आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन । सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा…
काठमाडौँ: आईपिएल सिजन अन्तर्गतको सोमबार राति भएको ५५ औं खेलमा देल्ही क्यापिटल्सले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स व्यंगलोरलाई ६ विकेल्ट पराजित गरेको छ। देल्हीको जितमा सुरुवाती ब्याट्समान शिखर धवनले ५४ र अजिंके राहणेले ६० रनको योगदान दिए जुन जितका लागि पर्याप्त बन्यो। १८ ओभरमा पुगेका स्तोनिस र रिशव पन्तले १८ रनको योगदान दिएसँगै देल्हीले १९ ओभरमा १५३ रनको चुनौती भेटाएको हो।
