Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ। आयोगले शुक्रबार दुवै समूहलाई पत्र पठाएको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन्। आयोगले राजनीतिक दल सम्बन्धी नियमावलीकाे अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरेको थपलियाले बताए। अनुसूची १८ दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा हो। जसमा दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नु पर्ने भए त्यस विषयमा जानकारी गराउनु पर्ने हुन्छ। त्यसमा कुन मितिमा कुन केन्द्रीय समितिबाट के विवरण परिवर्तन भएको हो भन्ने विषयको निर्णय गरिन्छ। ‘पार्टीको वैधानिकताका सम्बन्धमा आज दुवै पक्षलाई पत्र पठाएका छौं,’ प्रमुख…
काठमाडौँ: संसद विघटनको कदमविरुद्ध नेकपा (प्रचण्ड-नेपाल) समूहले भोलि (शनिबार) दोस्रो चरणको कार्यक्रम घोषण गर्ने भएको छ। भोलि बिहान ११ बजे संघर्ष समितिको सचिवालयको बैठक बस्ने र त्यसले दोस्रो चरणको संघर्ष कार्यक्रम तय गर्ने एक नेताले जानकारी दिए। संघर्ष समितिको सचिवालयमा स्थायी समितिका सबै सदस्य छन्। यस्तै वागमती प्रदेशका पदाधिकारी, जबस मोर्चाका संयोजक र सहसंयोजक रहेका छन्। संघर्ष समितिका प्रवक्तामा स्थायी समिति सदस्य योगेश भट्टराई छन्। ‘भोलि बिहान ११ बजे संघर्ष समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा हुँदैछ’, ती नेताले भने, पहिलो चरणको कार्यक्रमको प्रभावकारीता भएपछि दोस्रो चरणको संघर्षको कार्यक्रम तय गरिन लागेको हो।’ स्रोतका…
काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई किर्ते काम गरेको भनी लगाएको आरोपको खण्डन गरेका छन्। प्रधानमन्त्रीले सभामुख सापकोटाले संसद विघटन भइसकेपछि केहि सांसदहरुले हस्ताक्षर गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भनी साढे ३ बजे प्रस्ताव दर्ता गर्न गएकोमा १०ः४० मै आएको भनी दर्ता गराएको आरोप लगाएका थिए। ‘सभामुखले किर्ते सनाखत गर्नुभयो। सभामुख जस्तो मर्यादित पदबाट साढे ३ बजे गएको प्रस्तावलाई साढे १० बजे गएको भनियो,’ ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँग गरेको भर्चुअल अन्तरक्रियामा भनेका थिए। उनले संसद विघटन भइसकेपछि अविश्वास प्रस्तावको कुनै अर्थ नहुँदा नहुँदै पनि सभामुखले सो प्रस्तावलाई बैधानिकता दिने प्रयास गरेको बताए। प्रधानमन्त्री ओलीले संसद विघटनको…
काठमाडौँ: सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले संसद पुनर्स्थापना भन्दा ताजा जनादेशमा जानुपर्ने अहिलेको आवश्यकता भएकोले सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको र यसै गरी निर्वाचन आयोगले पनि तयारी गरिरहेको बताए । उनले संसद पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपर्न समेत आग्रह गरेका छन् । अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न उठेको भन्दै वर्तमान सरकारलाई संवैधानिक तथा कानूनी मान्यता भएकोले कसैको भ्रममा नपर्न अपील गरेका छन् । सडकमा अभद्र नारा र…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आन्दोलन छाडेर चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् । शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले आन्दोलनरत दलहरुलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका हुन । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘सरकारले चुनावको तयारी गरिसकेको छ, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाको आशा नगरी चुनावको तयारीमा जुट्नुस ।’ विभिन्न दलहरुले संसद विघटन असंवैधानिक कदम भएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक सघर्ष गर्दै आएका छन् ।
काठमाडौँ: देशका विभिन्न स्थानहरुमा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलको कारोबार गर्ने गिरोहविरुद्ध मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले नक्कली बिलको कारोबार गर्ने २८ जनाविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायार गरेको हो। राजस्व छली गर्ने सर्लाही जिल्ला स्थाई घर भइ पद्म कोलनी सितापाइला काठमाडौं बस्ने राम किशोर प्रसाद समेत २८ जनाबाट १ अर्ब ३२ करोड ४६ लाख माग दाबी गरिएको हो। प्रसादले मोहन ट्रेड इन्टरनेशनल लगायत विभिन्न २६ वटा फर्महरु सञ्चालन गरी धन्दा चलाउने गरेको विभागको अनुसन्धानबाट खुलेको छ। जसअनुसार, ती फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सबै फर्मको बैक खाता…
काठमाडौँ: उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले वातावरण मिलाउने र प्रवाह गरिएको कर्जाको विवरण नियमित रुपमा सार्वजनिक गर्ने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिताको अध्ययन गरी नेपाल राष्ट्र बैंकले अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ । यस्तै उच्चस्तरीय बित्तीय क्षेत्र समन्वय समितिको बैठकमा उपस्थित हुँदा सबै निकायले पन्ध्रौ योजनाले तय गरेको लक्ष्य अनुरुप प्रगति हासिल…
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४८ हेको छ । थप ७४८ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। थप ८ कोरोना संक्रमितको मृत्यु पछिल्लो २४ घण्टामा थप…
काठमाडौं: जनकपुर–जयनगर रेलवे सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको खबर आएकाले सुरक्षाको जिम्मा सशस्त्रलाई दिइएको बताए । उनले भने, ‘केही अघि रेलवेको क्लीप चोरी भएको भन्ने विषय सार्वजनिक भयो, त्यसैले यसको सुरक्षा नियमित पुलिसिङबाट मात्र सम्भव नहुने भएकाले सशस्त्रलाई जिम्मा दिइएको हो ।’ सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्याल भने हालसम्म मन्त्रिपरिषदको निर्णय आफूहरु कहाँ आइनसकेकाले कसरी परिचालित…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले मझौला ऋणीलाई लक्षित गर्दै एकमुस्ट पुनर्कर्जा वितरणका लागि प्रस्ताव माग गरेको छ। राष्ट्र बैंकले यसअघि दिएको पुनर्कर्जामा साना ऋणीहरु समेटिएका थिए। यसपाली १५ लाखदेखि ५ करोड रुपैयाँसम्म लिने ऋणीहरुका लागि पुनर्कर्जा आह्वान गरिएको छ। पुनर्कर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुले माघ १६ गतेसम्म आवेदन बुझाइसक्नु पर्छ। केही दिनमा राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई पनि पुनर्कर्जा दिने भएको छ। राष्ट्र बैंकले यसपालीबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुस्ट पुनर्कर्जा उपलब्ध गराउन थालेको छ। राष्ट्र बैंकसँग ४२ अर्ब ५८ करोड रुपैयाँको कोष छ। यसको ५ गुणासम्म राष्ट्र बैंकले पुनर्कर्जा दिने निर्णय गरिसकेको छ। कोषको ७०…
