Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
नेकपा एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलाे पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको हो । बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत…
काठमाडौँ: सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका कामहरू सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए। जसअनुसार विपद् व्यवस्थापनसम्बन्धी बाँकी कामहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ। त्यसैगरी, अन्य निकाय सहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरूको पुनर्निर्माणको कामलाई व्यवस्थापन…
काठमाडौँ: निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्याएर एमाले विभाजन गरी एकीकृत…
काठमाडौँ: नेकपा एमाले फुटाएर माधवकुमार नेपाल पक्षलाई सत्तामा ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहना अब करिब पूरा भएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा सनाखत पूरा भएसँगै देउवाले प्रधानमन्त्री भएको करिब डेढ महिनापछि मन्त्रिपरिषद् विस्तार गर्ने अपेक्षा गरिएको छ। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले साउन ३ मा विश्वासको मत लिएका थिए। असार २९ मै माओवादीबाट दुई र कांग्रेसबाट २ मन्त्री नियुक्त गरेका उनले साउन १० मा मन्त्रिपरिषद् विस्तार गर्दै व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। त्यसयता देउवाले ६ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका छन्।…
काठमाडौँ: माधवकुमार नेपालको अध्यक्षतामा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका चार सांसदको सनाखत लिन निर्वाचन आयोगले अस्वीकार गरेको छ। यससँगै बुधबार अपरान्हसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदको सनाखत भएको छ। तर मंगलबार निर्वाचन आयोगमा नाम दर्ता गराएका सांसदहरु सोमप्रसाद पाण्डेसहितका चार सांसदको सनाखत हुन नसकेको हो। यससँगै नयाँ पार्टी दर्ताका लागि पेश गरिएको नामावलीको सनाखत करिब सकिएको छ। सनाखतका लागि आएका ४ जना सांसदलाई मान्यता दिनुपर्ने भन्दै माधवकुमार नेपालसहितका नेताहरूले निर्वाचन आयुक्तहरुसँग छलफल गरेका थिए। उनीहरुले मंगलबार निवेदन दिएकालाई तोकेको समयमै सशरीर उपस्थित भएपछि मान्यता दिएर सनाखत गराउन आयोगसँग माग गरेका थिए। आयोगले बुधबार बिहान…
काठमाडौँ: प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित उनी पक्षमा रहेका केन्द्रीय सदस्यहरू र सांसदहरू आज निर्वाचन आयोगमा सनाखतका लागि जाने भएका छन्। चन्द्रागिरिमा गत सोमबारदेखि केन्द्रीय कमिटी बैठक राखेका अध्यक्ष नेपालले आज उक्त बैठक सकेर त्यहीँबाट निर्वाचन आयोगमा जाने तयारी गरेका छन्। निर्वाचन आयोगले बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ। वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारत रहेकोले नेपाल पक्षले २० प्रतिशत सांसद पुर्याउन नसक्ने देखिएको छ। तर उनले २० प्रतिशत केन्द्रीय सदस्य भने पुर्याउने देखिन्छ। एमालेका केन्द्रीय सदस्य र सांसदहरूले नेपाललाई पार्टी खोल्न साथ दिएका छन्।…
काठमाडौँ: तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निष्काशनमा आएको ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । उक्त आइपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा…
काठमाडौँ: नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी नेता कृष्णबहादुर महरालाई दिइएको छ। सभामुख हुँदा यौन दुर्व्यवहारकाे आरोप लागेपछि पदबाट हटाइएका महराले लामो समयपछि पार्टीमा प्रभावकारी भूमिका पाएका हुन्। यस अभियोगमा उनले अदालतबाट सफाइ पाइसकेका छन्। सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो। नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ।
काठमाडौँ: आजदेखि केही दिनसम्म वर्षाको मात्रा ह्वात्तै बढ्ने र कतिपय स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना रहेकाले सजग रहन मौसमविद्ले आम नागरिकलाई आग्रह गरेका छन्। महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार नेपालको पूर्वी तराई क्षेत्रनजिक मनसुनको न्यून चापीय रेखा रहेका कारण एक–दुई दिन अगाडीबाटै नेपालमा मनसुन केही सक्रिय छ। आज (बुधबार) रातिबाट त्यो रेखा अझ नजिक आउने र केही दिनसम्म रहने सम्भावना छ। ‘सो प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷झरीको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको…
काठमाडौँ: राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बिदा भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जनाएको हो । टिमबाट बाहिरिने अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ । अब बन्द प्रशिक्षणमा २५ खेलाडी मात्र छनोटमा रहेको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा…
