Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मेयर बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् । उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् । स्वतन्त्र उठेर मेयर जितेका बालेनले रास्वपामार्फत् औपचारिकरूपमा राजनीतिक दलमा भित्रिएर संसदीय चुनाव लड्ने तयारीसहित राजीनामा दिएका हुन् । राजीनामा पत्रमा शाहले आफ्नो कार्यकालमा महानगरवासीको हितका लागि इमानदारीपूर्वक प्रयास गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी बनोस् भन्ने कामना गर्दछु।’

Read More

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इपानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले विगत साढे दुईदेखि इपानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्‍याएको योगदान राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको उल्लेख गरे। उपराष्ट्रपति यादवले नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिए । ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै उनले पर्याप्त ऊर्जा बिना विकास सम्भव नहुने स्पष्ट पारे । उनका अनुसार सस्तो र…

Read More

काठमाडौँ: नेपाली कांग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पक्षको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। निर्वाचन आयोगले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको समितिलाई दिलाएपछि पनि उनले पार्टी कार्यालय सानेपामै शनिबार विहान ८ बजेलाई बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले खड्काको निर्देशन अनुसार भन्दै कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरुलाई अनिवार्य उपस्थित हुन भनेका छन्। यसअघि खड्का नेतृत्वमा बसेको बैठकले महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट ५ वर्षका लागि निस्काशन गर्ने निर्णय गरेको थियो। विशेष महाधिवेशन बोलाएका उनीहरुलाई खड्का नेतृत्वको बैठकले कारबाही गरे पनि निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई नै…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कांग्रेसलाई नै वैधानिकता दिएपछि सबैलाई एकजुट हुन आह्वान गरेका हुन्। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै सभापति थापाले आभार व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सदस्यहरू र शुभेच्छुकले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको थापाले भनेका छन्। ‘यसले स्थापित गरेको छ–पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ’, थापाको अपिलमा भनिएको छ, ‘विशेष महाधिवेशनमा…

Read More

काठमाडौँ: सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच १२ बुँदे सम्झौता भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रसाईंबीच १२ बुँदामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार संविधान संशोधन सुझाव आयोग गठन गर्ने भएको छ। लघुवित्त र सहकारी क्षेत्रमा ऋण मिनाह गर्नका लागि कार्यदल गठन गर्ने निर्णय पनि भएको छ। अध्ययन प्रतिवेदनको आधारमा ऋणी/ साना बचतकर्ताको हकमा एक लाखसम्म आगामी असार मसान्तबाट क्रमश: ऋण फिर्ता गर्न राष्ट्रिय सहकारी प्राधिकरणलाई ऋण दिई चक्रवर्ती कोष स्थापना गर्ने भएको छ। यसरी भएको सम्झौतालाई मन्त्रिपरिषदबाट अनुमोदन गर्ने निर्णय पनि…

Read More

काठमाडौँ: निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको…

Read More

गुल्मी: गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थल रिडीमा लाग्ने रुरु मेलामा जेट बोटको आकर्षण देखिएको छ । मंगलबार पहिलो दिननै तीन घण्टामा ६८३ जना टिकट लिएर जेट बोट चढेका छन् । रुरु क्षेत्रका स्थानीय युवाहरू मिलेर रिडीमा खोला थुनेर ताल निर्माण गरेर जेट बोट सञ्चालन गरेका छन्् । स्थानीय नौ जना युवा मिलेर आफ्नै एक करोड लगानीमा स्थायी ताल निर्माण गरेका थिए । माघे सक्रान्ति मेलाबाटै जेट बोट चलाउने योजनाका साथ तिव्र रुपमा काम अगाडी बढेको थियो । रिडी पुलदेखि तीनमुखे पुलसम्म नदीलाई थुनेर ताल निर्माण गरिएको छ । अहिलेलाई अस्थायी रुपमा जेठसम्म ११ जना राख्न मिल्ने क्षमताको दुई जेट…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।

Read More

काठमाडौँ: नेपाली कांग्रेस पार्टीका कारवाहीमा (परेका) निवर्तमान महामन्त्री गगन कुमार थापाले पार्टीले निष्कासनको कारवाही गरेता पनि विशेष महाधिवेशनको निर्वाचन सकिएर निर्वाचित नयाँ पदाधिकारीसहित शेर बहादुर देउवाको आशिर्वाद लिन जाने दावी गर्नु भएको छ। आफुले पार्टीको विधान, नेपालको संबिधान र निर्वाचन आयोग प्रति विश्वास अडिक रहेको बताउंदै, थापाले आफुलाई पार्टीले गरेको भनेको कारवाहीको जानकारी र पूर्व स्पष्टिकरणसमेत नसोधी सिधै कारवाही गरेको प्रति आफ्नो केहि भन्नु नरहेको बताउनु भएको छ। यस्तै विशेष महाधिवेशनले थापा, शर्मा र फरमुल्लाह मन्सुरलाई गरेको कारवाही खारेज गरेको समेत सुनाइएको छ।

Read More

काठमाडौं, पुष ३०: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए । तर, थापा र शर्मा सहभागी केन्द्रीय समितिको बैठकले नै पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो…

Read More