Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखाएको छ । शनिबार बिहानसम्म रास्वपाले १५ क्षेत्रमा जित निकाल्दा १०६ जनाले अग्रता कायम गरेका छन् । त्यसैगरी नेपाली कांग्रेस ४ क्षेत्रमा विजयी भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई क्षेत्रमा विजयी भएको छ । कांग्रेसको अग्रता १० ठाउँमा देखिन्छ भने १३ ठाउँमा नेकपा अगाडि छ । नेकपा एमालेले एक ठाउँमा जित निकाल्दा १० क्षेत्रमा अगाडि छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले भने पाँच ठाउँमा अग्रता देखाएको छ ।

Read More

काठमाडौं: बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार दिउँदो तीन बजेसम्म देशभरी ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

Read More

काठमाडौँ: आज बिहान ७ बजेदेखि देशभरका १६५ मतदान केन्द्रमा मतदान जारी छ। यसैबिच नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजार मत खसेको छ। मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट मतदान गरेका उनको सचिवालयका सदस्य रविन मुडभरीले जानकारी दिए। कांग्रेस सभापति थापा सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। मतदान गरेर थापा हेलिकप्टरमार्फत केहीबेरमै सर्लाही ४ जाने उनको सचिवालयले जनाएको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन्। मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको उनले बताइन्। तपाईंको नेतृत्वमा निर्वाचन भइरहेको छ, कस्तो लागिरहेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदै छ, म अत्यन्त खुसी छु।’ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो। आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। उक्त सरकारको मुख्य जिम्मेवारी यही निर्वाचन गराउनु हो।

Read More

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् । घिसिङले काठमाडौँको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । उनी काठमाडौँ-३ का उम्मेदवार हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेका बेला उनले पनि निर्धारित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

Read More

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन् । उनले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

Read More

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् । उनले आफैंलाई भने मत दिन पाएनन् । उनी यसपछक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि प्रचण्डले मतदान गरेकै ठाउँबाट मतदान गरेका छन् ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन् । शाहले काठमाडौं क्षेत्र नम्बर-२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् । भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका उनी बिहान ७ बजे नै मतदान गर्न पुगेका थिए । उनी अन्य मतदाताहरूसँगै लाइनमा बसेर आफ्नो पालो कुरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर-५ बाट प्रतिस्पर्धामा उत्रिएका बालेनले आफूलाई भने भोट हाल्न पाएनन् ।

Read More

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान सुरु भयो, सबैतिर निर्वाध ढंगले मतदान सुरु भएको खबर आइसकेको छ ।’ मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ । मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ ।…

Read More