Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं; नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जर नगराउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुलाई मंगलबार भेट्दै गभर्नर अधिकारीले मन मिल्ने संस्थाहरुलाई मर्जरमा जानको लागि सुझाव दिएका छन् । ‘तपाईहरुको लागत घट्छ मनमिल्छ र संस्थालाई राम्रो हुन्छ भने मर्जर गर्दा राम्रो हुन्छ,’गभर्नर अधिकारीले भने । बैंक तथा वित्तीय संस्था वित्तीय संस्था परिसंघ(सीबिफिन)का अध्यक्ष पवन गोल्यान सहितका पदाधिकारी गभर्नरलाई भेट्न बालुवाटार पुगेका थिए । अरुबेला गभर्नरलाई भेट्न समय माग गरेर जाने गरेकोमा यो पटकको गभर्नर आफैले बैंक तथा वित्तीय संस्थाका अध्यक्षलाई भेट्न बोलाएका थिए । बैठकमा गभर्नर अधिकारीले केन्द्रिय बैंक कोभिड…
काठमाडौं: विजुली झ्याप्पझ्याप्प जान थालेपछि उर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका निमित कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दोस्रो पटक मन्त्रालयमै बोलाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्। उनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्। त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनको सुझाब छ। लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत नियमित नभए उनीहरुको पढाइ प्रभावित हुन स्पष्ट पारे। ‘वितरण प्रणालीमा सानो भन्दा सानो गडबडी नआओस्’ उनले भने, ‘यदि समस्या आएको अवस्थामा तत्काल समाधान होओस्।’ मन्त्री पुनले तत्काल जरिवाना…
काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से मंगलबार पनि घटेको छ । सोमबार ४.७२ अंकले घटेको नेप्स मंगलबार ७.२१ अंकले घटेको छ । घट्दो बजारमा जलविद्युत कम्पनीको शेयरमूल्यमा भने लगानीकर्ता आकर्षित बनेका छन् । जसले शेयरमूल्य बढ्ने अधिकांश कम्पनी यसै उपसमूहका रहेका छन् । लामो समयदेखि अंकित मूल्यभन्दा तल झरेका जलविद्युत कम्पनीको शेयरको भाउ बढ्न थालेपछि विस्तारै अंकित मूल्यभन्दा माथि पुग्न थालेको छ । मंगलबार कारोबार रकम १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सोमबार १ अर्ब ६९ करोडको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम १३ करोड रुपैयाँले बढेको हो । आज कुल…
काठमाडौँ: बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । त्यस्तै आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । आजसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।
ललितपुर: ललितपुर महानगरपालिका–२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका छन् । यही आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उनीहरुले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका हुन् । हामीले हरिसिद्धिको मूल सडक कालोपत्र गर्न आवश्यक काम गर्ने भएकाले ठैवचोकबाट छिरेर महालक्ष्मी नगरपालिकाको सानागाउँ र इमाडोलको सडक भएर आवतजावत गर्न नगरवासीलाई अपिल गरेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले जानकारी दिए । उनले भने, “यदि मौसम परिवर्तन भई बाधा अवरोध भएमा कार्यको मिति तथा समय हेरफेर हुनसक्ने छ ।”…
काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९३४ जनामा कोरोना पुष्टि भएको हो। यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो।
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा १ हजार ५१३ थप जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा २० हजार २९६ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै देशभरमा ९ हजार ६८९ संस्थागत आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १० हजार ८९१ पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ । यसअघि पनिबैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाकम निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
काठमाडौं: काठमाडौंमा चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ गरिएको छ। मंगलबारबाट ट्राफिक महाशाखाले चेकजाँचमा कडाइ गरेको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले बताए। मंगलबार बिहानभरीमा मात्रै एक हजार ५८ वटा सवारी साधान प्रहरीले नियन्त्रणमा लिएका छ। तीमध्ये १ सय ६१ वटा चारपांग्रे र बाँकी दुईपांग्रे हुन्। नियन्त्रणमा लिइएको सवारीसाधान सडकमै होल्ड गरिएको छ। उपत्यकाका तीन जिल्लाका सीडीओले जोरबिजोर प्रणालीमा सवारी साधान सञ्चालन गर्ने निर्णय गरेपनि चेकजाँच नहुँदा सवारीको चाप बढेको थियो। ‘हामीले पनि चेकजाँचमा केही कम गर्यौं, मान्छेहरुले नियमै मान्न छाडे, कोरोना संक्रमणको जोखिम भने दिनदिनै बढिरह्यो, त्यही भएर आजदेखि थप कडाइ गरिएको छ’, ट्राफिक…
काठमाडौँ: काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ। ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूह सक्रिय देखिएको छ। यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको छ। सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो। तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज…
