Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो । काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८२ वर्षीय पुरुष र ललितपुरमा ६६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङमा ६६ वर्षका २ जना पुरुषको मृत्यु भएको छ । यस्तै नवलपरासी ६६ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ । आज नेपालमा २ हजार २० जनामा कोरोना पुष्टि भएको छ । ११…
काठमाडौँ: संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडि बढाउन कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ। कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भीर हुन समितिले निर्देशन दिएको हो। जीविकोपाजर्नको आधार र कुल ग्राहस्त उत्पादनमा प्रमुख योगदान पुर्याउने कृषि क्षेत्रमा मलको माग उच्च रहकाले देशभित्र नै मल कारखाना स्थापनाका लागि विलम्ब नगरी आवश्यक प्रकृया अगाडि बढाउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको हा। समितिले आज छलफलपछि नेपालमा आवश्यक मलको मौज्दात र आयात प्रकृयामा रहेको मलको परिमाणका आधारमा आगामी दिनमा अभाव…
काठमाडौँ: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना गरी जम्मा ८८५ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार (हिजो) काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५७३ पुगेको छ।
काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अबको हप्ता १० दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्नुहुनेछ। यसको तयारी भइरहेको छ।’ लामो समय पार्टीमा देखिएको विवाद अन्त्य भएको जनाउँदै उनले पार्टी भित्रको सन्तुलन मिलाउन र सरकारको कामलाई थप प्रभावकारी गराउन पनि मन्त्रिमण्डल पुनर्गठन हुन लागेको बताए। मन्त्री ज्ञवालीले संघसँगै प्रदेशका मन्त्रीहरु पनि फेरबदल हुने जनाए। ‘अब प्रदेशका मन्त्रिमण्डल समेत पुनर्गठन हुनेछन। मुख्यमन्त्री नफेरिए पनि प्रदेश मन्त्री फेरिनुहुनेछ। यसले…
काठमाडौं: नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाणपत्र ( लाइसेनिङ) परीक्षा आगामी मंसिर १३ गते हुने भएको छ । परिषदले सूचना जारी गर्दै लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने जानकारी गराएको हो । पीसीएल, बीएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले ब्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने छ । परिषदका अनुसार परीक्षामा सहभागी हुन असोज ४ देखि कार्तिक ३ गते सम्ममा अनलाइन फाराम बुझाउनुपर्ने र कार्तिक ४ गतेदेखि कार्तिक १५ गतेसम्म दोब्ब दस्तुर बुझाउन पर्नेछ । परीक्षण शुल्क एक हजार ६०० तोकिएको छ भने दोब्बर दस्तुर बुझाउनुपर्ने भएमा ३ हजार १०० तोकिएको…
काठमाडौँ: नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ५ लाख कित्ता संस्थापक शेयरको बिक्री खुला भएको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्सले लिलामी प्रक्रियाबाट उक्त शेयर बिक्री गर्ने जनाएको छ । सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनेपर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने जनाइएको छ। इच्छुक खरिदकर्ताले कात्तिक ६ गतेभित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल…
काठमाडौँ:मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । यसैगरी, प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग…
काठमाडौं: भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल परीक्षणका लागि आज जनकपुर आइपुग्ने भएको छ । रेल नेपाल ल्याइएसँगै जयनगर–जनकपुर ३४ किमी खण्डमा रेलको परीक्षण सञ्चालन गरिनेछ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर रहेको छ । रेलको परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतीय प्राविधिक जनकपुर पुगेका छन् । उनीहरूमध्ये केही रेलसँगै फर्किनेछन् भने केही जनकपुरमै बस्नेछन् । भारतीय प्राविधिक कर्मचारीले नै रेल सञ्चालन गर्नेछन् । जसमा चालक, इन्जिनियर र संकेत देखाउने कर्मचारी छन् । भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौता गर्ने तयारी भइरहेको छ । ‘सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ,’…
काठमाडौं: नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य रु दुई हजार एक सय रुपैयाँ तोकिएको हो । संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अुनरोध गरेको छ । संघले आफ्नो कम्पनीबाहेक अरुको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको…
