Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काभ्रेपलाञ्चोक: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन् । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ दिँदैनन् भने । सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे । उनले प्रश्न गरे, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?” बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल…

Read More

काठमाडौं: सरकारले काठमाडौं उपत्यका भित्रिने नाकामै कोरोना परीक्षण गर्ने भएको छ । लकडाउन खुलेसँगै काठमाडौं भित्रिनेको संख्या बढेपछि कोरोनाको सम्भावित जोखिम रोक्न सीमा नाकामै परीक्षणको व्यवस्था गर्न लागिएको हो । उपत्यका छिर्ने मुख्य दुई नाका नागढुंगा र साँगा हुँदै भित्रिनेहरुको नाकामै कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले उपत्यकाको जोखिमलाई मध्यनजर गर्दै दुई नाकाबाट उपत्यका भित्रिने १० हजार जनाको कोरोना परीक्षण आइतबारबाटै शुरु गर्ने जानकारी दिए । घनावस्ती रहेको उपत्यकामा कोरोना संक्रमण फैलिए त्यसलाई नियन्त्रणमा लिन कठिन हुने विज्ञहरुले बताउँदै आएका छन् ।

Read More

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला भनाइलाई खण्डन गर्दै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जवाफ दिएका छन्। शनिबार फेसबुकमा लेखेका सल्लाहकार थापाले विपक्षी दलका नेताको कुनै गुनासो र हिनता प्रकट नहुने र सत्ताधारी दलभित्रै किन उछिनपाछिनको होडबाजी चलिरहेको छ भन्ने पनि प्रश्न गरेका छन्। ‘यो मपाइत्व प्रदर्शन किन? तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टिकरण किन,’ थापाको प्रश्न छ। प्रचण्डले शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा सबैको योगदान रहेको भन्दै कुनै व्यक्ति वा विशेषको योगदान नरहेको बताएका थिए। ‘नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो,…

Read More

शनिबार कोरोनाभाइरसका एक सय ९ जना संक्रमित थपिएका छन्। चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। अब नेपालमा कोरोना संक्रमित संख्या १८ हजार चार सय ८३ जना पुगेका छन्। उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्। शनिबार कोरोना निको भएर एक सय ६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ। कोरोनाबाट नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ।

Read More

काठमाडौँ, १० साउन (रासस) : गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपद्मा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । वैशाखयता पहिराबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् । बाढीबाट…

Read More

ललितपुर, १० साउन (रासस) : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उहाँलाई आज पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो । लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो । उहाँलाई बोकेर हिँडाउन लाग्दा गुरुज्यूका पल्टनले सलामी अर्पण गरेका थिए । ३२ पानेजु अर्थात् पुजारी सङ्घ सचिव विनोद बज्राचार्यसहित ‘नेमराज शाक्य’ नामक दुई पुजारी र मोहन शाक्यले यस वर्ष भगवानलाई बोक्ने पालो…

Read More

काठमाडौं: सनराइज बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारीबीचको बिबाद उत्कर्षमा पुगेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको छ। राष्ट्र बैंक नियम विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सनराइजका सञ्चालक समिति र प्रमुख कार्यकारीलाई आइतबार दिउँसो ११ बजे डाकेका छन्। बिहीबारको सञ्चालक समिति बैठकमा लफडा भएपछि प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको राजीनामाको कुरा उठेको थियो। शुक्रबार सञ्चालक समितिले तीन कार्य दिनभित्र लिखित जबाफ दिन भन्दै पौडेलसँग स्पष्टीकरण सोधेको छ। काम गर्न नसकेको, सञ्चालक समितिलाई नटेरेको जस्ता ६ वटा आरोप लगाएर स्पष्टीकरण सोधिएको छ।

Read More

काठमाडौँ, १० साउन (रासस) : कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । आजभोलि देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् । उहाँका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । “पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन”, उहाँले भन्नुभयो,…

Read More

काठमाडौं: सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले संयुक्त रूपमा शुक्रवार टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गरेका हुन्। मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेटका रूपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योजनाअनुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढेको बताए। सुरुवातमा कानुनी कारण समस्या रहे पनि अहिले यो कार्यान्वयन हुन गइरहेको उनको भनाइ छ। केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य शुरु भएको छ।…

Read More

काठमाडौं: नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं बार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ । महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो । महाधिवेशनमा देशभरवाट करिव ४ सय जना प्रतिनिधी सहभागी हुनेछन् । बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ । महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ । हिरा तथा बहुमूल्य पत्थरको मूल्य…

Read More