Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: मंगलबार सेयर बजार ५ अंकले बृद्धि हुँदै २०१२ अंकमा पुगेर बन्द भएको छ। सुरुवाती समयमा २०/२२ अंक सम्मले बढेको बजार अन्त्यतिर सम्हालिन नसक्दा मात्र ५ अंकको वृद्धि सहित बन्द भएको हो। ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि मूल्य समायोजन भएको नागरिक लगानीकोको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर प्रति कित्ता ३०६२ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै नारायणी डेभलोपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढ्दा हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य ७ प्रतिशत र शिवम सिमेन्ट र हिमालयन डिस्टिलरीको सेयर मूल्य करिब ५/५ प्रतिशतले बढेको छ। सर्वाधिक घट्ने कम्पनीमा भने मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य ६ प्रतिशतले घट्दा सानिमा…
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ । यसअघि सोमबार ९हिजो०को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० थियो । पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।…
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । संसद विघटन गरेर प्रधानमन्त्रीले इतिहासमा कहिल्यै नमेटिने गल्ती गरेको बताउँदै प्रचण्डले माफी नमिल्ने गल्ती गरेको बताए । उनले प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित माफी नमागेसम्म जनताले छुट नदिने बताए । उनले प्रधानमन्त्री ओलीले ‘म अपराधी हुँ भन्दै आफ्ना गलत कमद सच्याएपछिमात्र जनताले माफी दिनेछन् । नत्र यो अपराध इतिहासमा कहिल्यै मेटिने छैन् ।’
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै संसद् विघटनसँगै अस्थिरताको अर्को शृङ्खला शुरु भएको उनले बताए । “मुलुकको समृद्धिको बाधक बनेको अस्थिरताको प्वाललाई टाल्नुपर्ने आवश्यकता छ”, पूर्वप्रधानमन्त्री खनालले भने, “त्यसका लागि संसद् पुनःस्थापना अनिवार्य शर्त बनेको छ । जबसम्म संसद् पुनःस्थापना हुँदैन, त्यसबेलासम्म आन्दोलनमा रोकिँदैन ।” जनताका भावना विपरीतका कदम सच्याउन राष्ट्रव्यापीरुपमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले संविधानको सफल कार्यान्वयनमा सबै राजनीतिक दलको सहयोगको खाँचो औँल्याए । गरीबी र…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी भएका छन । भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत भएको छ । प्र्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताको सहभागिता थियो । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष…
काठमाडौँ : नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने संघको विधान अनुसार उनी एक वर्षपछि संघको अध्यक्ष बन्नेछन् । त्यस्तै, रिक्त रहेका दुई सदस्य पदमा पनि दुई जना निर्विरोध भएका छन् । संघको कार्य समिति सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार दे निर्विरोध निर्वाचित भएका हुन् । नेपाल बैंकर्स संघले आफ्नो साधारणसभाको अवसर पारेर राष्ट्र बैंकका पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्। सम्मानित भएपछि श्रेष्ठले अहिलेको…
धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएका छन् । नेकपामा आएको विभाजनसँगै ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहका अनुसार मन्त्री बोहरालाई मुख्यमन्त्रीले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेका हुन् । उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफैँसँग राखेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिममा यति बेला नेकपाभित्र ओली र दाहाल–नेपाल पक्षधरबीच सांसद तानातान देखिएको छ । सभामुखबाहेक नेकपाका ३८ सांसद रहेको सुदूरपश्चिममा सुरुदेखि नै दाहाल–नेपाल पक्षधर मजबुत छ । ओली पक्षमा पदमुक्त भएका मन्त्री बोहरासहित तीन जना मात्रै खुलेर…
नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हाल बजारमा कायम अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती थपेको बताएका छन् । नेपाल बैकर्स संघको साधारण सभामा अध्यक्ष दाहालले अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौतीलाई संवोधन गर्न बैंकहरु प्रयन्तसिल रहेको समेत बताए नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट पनि प्रयास भइरहेको छ । यस सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट थप सहयोगको अपेक्षा गरेका छौं । उनले भने । कोभिड–१९ को नकारात्मक प्रभावले गर्दा हामी सबै असहज स्थितिबाट गुज्रिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही…
काठमाडौँ: भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। पुस १७ गते शुक्रबार (जनवरी १, २०२१)बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। मन्त्रालयको सूचना अनुसार सबै किसिमका प्याजको निकासीमा यसअघि लगाइएका प्रतिबन्ध हटाइएका छन्। भारतले भदौ २९ गते आन्तरिक बजारमा प्याजको माग बढेको र मूल्य आकाशिएको भन्दै निकासीमा प्रतिबन्ध लगाएको थियो। नेपालमा सबैभन्दा धेरै भारतीय प्याज आयात हुने गरेको छ। भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ५० रूपैयाँभन्दा धेरै पुगेको थियो।
काठमाडौँ: सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेको नेकपा नामकाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले ओली-दाहाल समूहलाई दिएको नामकाविरूद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ पेशी चढेर पनि स्थगित भएको हो । पटक-पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर, सर्वोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेको जनाइएको छ । मुद्दा पक्षको कानून व्यवसायी बीपी पौडेललाई मातृ शोक परेर सुनुवाइ स्थगन भएको अध्यक्ष कट्टेलले जानकारी दिए ।
