Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: चिनियाँ रक्षामन्त्री वेइ फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा उनले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घन्टा औपचारिक भेटवार्ता गरेपछि उनी शितलनिवास पुगेका हुन् । भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । प्रधानमन्त्री ओलीलाई भेट्नुअघि उनलाई जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो । फेङ्हे आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका थिए । विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई स्वागत गरेका थिए ।

Read More

काठमाडौं: सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टचारसम्बन्धी अवस्थाका बारेमा सार्वजनिक गरेको प्रतिवेदनलाई मनोगत र दलीय पूर्वाग्रहबाट अभिप्रेरित भएको भन्दै अस्वीकार गरेको छ। आइतबार गएको मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त संस्थामा कार्यरत व्यक्तिको दलीय आवद्धताले नै यो प्रतिवेदन कति पूर्वाग्रही छ भन्ने देखिएको बताए। उनले सरकारलाई बद्नाम गर्न राजनीतिक पूर्वाग्रहका आधारमा रिपोर्ट तयार पारी प्रचार सामाग्री बनाइएको आरोप लगाए। उनले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टलाई सरकारले अस्वीकार गर्छ। सरकारविरुद्ध भ्रम छर्ने र तथ्यलाई बङ्ग्याएर पर्चा सामाग्री तयार पारिएको छ। यसले जनालाई जनतालाई भड्काउन खोज्यो।’ गुरुङले गत वर्ष सुशासनको मामिलामा उल्लेख्य सुधार गरेको नेपालले एक वर्षकै…

Read More

काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताउनु भएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड -१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गर्नु भयो । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्धन गर्ने बताउनुभयो । उहाँले नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको फिडब्याक लिएर काम गर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो संवादमा रहने बताउनुभयो ।उहाँले भन्नभुयो-‘आजको छलफल छलफलको अन्त्य होइन, सुरुवात मात्र हो ।’…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ । काठमाडौं उपत्यकामा थपिए ५४८ संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ५९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १४०४…

Read More

काठमाडौं : वाणिज्य बैंकहरुको भाउमा उछाल आएपछि आइतबार समग्र सेयर बजारमा रौनकता छाएको छ । खरिदबिक्री रकम र नेप्से सूचक दुवैमा नयाँ कीर्तिमान बनिरहेको छ । अधिकांश बैंकको भाउ बढेपछि सूचकले छलाङ मारेको हो । यस दिन करिब दर्जन वाणिज्य बैंकहरुको भाउ सर्किट लाग्ने गरी बढेका छन् । बैंकिङमा उछाल आउने वित्तिकै समग्र बजार सूचकले नयाँ उचाई लिने गर्छ । त्यसो त यसअघि बैंकको भाउ खासै बढेको थिएन । त्यही भएर पनि अहिले रौनक सुरु भएको हो । खरिदबिक्री रकमलाई औसतमा हेर्दा प्रतिमिनेट ३ करोड ८४ लाख रुपैयाँ भन्दा बढीका हिसाबले कारोबार भएको देखिन्छ । बजार वियरिस हुँदा दिनभरको…

Read More

काठमाडौँ: लामो बन्दाबन्दीपछि बुध्द एयरले पुनः पर्वतीय उडान शुरु गरेको छ । स्थिल अवस्थामा रहेको पर्यटनलाई यसले थोरबहुत गति प्रदान गर्नेछ । आउँदो शनिबार डिसेम्बर ५ देखि शुरु हुने यो माउण्टेन फ्लाईटको उडान करिब १ घण्टाको हुनेछ । काठमाडौं त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ । अझ ट्रेकिङ जान नसक्नेका लागि यो गज्जबैकै अफर हो । बुध्द एयरले यसका लागि रु. 8,900 भाडा तोकेको छ । यसमा झ्यालसहित सँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालको लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुनेछ । टिकटका लागि बुध्द…

Read More

काठमाडौँ: चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे । चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए। “भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो…

Read More

काठमाडौँ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा…

Read More

काठमाडौं : निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको जिम्मेवारी शेखर गोल्छाले सम्हाल्दै छन् । गोल्छाले आज (आइतबार) अध्यक्षको पदभार ग्रहण गर्नेछन् । तीन वर्षअगाडि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छा महासंघको विधानअनुसार स्वतः अध्यक्षको जिम्मेवारी लिन गइरहेका हुन् । त्यस बेला उनले वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानसँग प्रतिस्पर्धा गरेका थिए । कार्यकाल तीन वर्षको भए पनि उनले साढे २ वर्षभन्दा कम समय मात्रै अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । अर्थतन्त्र सबैभन्दा जटिल अवस्थामा पुगेका बेला उनी निजी क्षेत्रको नेतृत्वमा आएका छन् । विगतका भूकम्प, नाकाबन्दी, बिग्रिएको श्रम सम्बन्धबाट पनि पार पाउँदै अगाडि बढेको निजी क्षेत्र कोभिड १९ का…

Read More

काठमाडौँ: चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँ आइपुगेका छन् । नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् । एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दै छन् । भ्रमण पुरा गरेर वेई आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

Read More