Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
- प्रतितोला ५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
- भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प, आपतकाल घोषणा
- आर्थिक गतिविधि विस्तारमा केन्द्रित मौद्रिक नीति ल्याउन चेम्बरको आग्रह
- एकैदिन ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
- सरकारीबाहेक १० हजार बढी शिक्षण संस्था सञ्चालनमा
- रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी
- रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकका लागि पाँचबुँदे नियम
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: संघीय संसद्को प्रतिनिधिसभाले आज आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । यससँगै आगामी आर्थिक वर्षको बजेटलाई प्रतिनिधिसभाबाट औपचारिक स्वीकृति दिने प्रक्रिया टुंगिनेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकमा सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ,…
काठमाडौं, असार ३ । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा व्यवसायी तथा उद्योगपतिहरूले निजी क्षेत्रका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो अवसरमा उद्योगी व्यवसायीले लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो रहेको औंल्याए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन लगानीकर्ताको मनोबल बढाउने वातावरण आवश्यक रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले सकारात्मक संकेत दिए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको धारणा राखे । अध्यक्ष अग्रवालले सम्पत्ति शुद्धीकरणसम्बन्धी…
काठमाडौं: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’ का रूपमा मनाउने निर्णयको स्वागत गरेका छन् । काठमाडौंमा आयोजित आयुष अन्तर्राष्ट्रिय कन्क्लेभ २०२६ लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले हिमाल, जडीबुटी, योग, ध्यान तथा परम्परागत उपचार पद्धतिजस्ता नेपालको विशिष्ट सम्पदाले स्वास्थ्य तथा आरोग्य पर्यटनका क्षेत्रमा अपार सम्भावना बोकेको बताए ।उनले नेपाल चेम्बर अफ कमर्सले आरोग्य दशकको अभियानलाई पूर्ण समर्थन गर्ने उल्लेख गर्दै यस पहलले स्वास्थ्य क्षेत्रमा लगानी, नवप्रवर्तन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । सन्…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ। प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भई विद्युत आपूर्ति थप भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। वैशाख २३ गते राति आएको विनाशकारी हावाहुरी का कारण बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारण लाइनको टावर नं. ४४ र ४५ मा क्षति पुगेपछि उक्त लाइनमार्फत हुने विद्युत प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको थियो। हावाहुरीका कारण प्रसारण लाइनको मार्गाधिकारभन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको ठूलो रुख ढलेर…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दामा अन्तिम सुनुवाइ शुरु भएका बेला केही हाइप्रोफाइल व्यक्तिहरुलाई पनि बयानमा बोलाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ । तीन जना उजुरीकर्ताहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), पूर्वमन्त्री डा. आरजु राणा, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई बयानका लागि झिकाउनुपर्ने माग गरी जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन् । जाहेरीकर्ताहरु रामकुमार रेग्मी, प्रेमराज पन्थी र सुमन दाहालले उनीहरु बाहेक पूर्वमन्त्री बालकृष्ण खाँणकी पत्नी एवं पूर्वसांसद मञ्जु खाँण, पूर्वमन्त्री थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वसांसद अजय क्रान्ति शाक्य र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई समेत अदालतको…
काठमाडौँ: नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट निवेदन माग गरेको हो। सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार नियुक्तिका लागि सिफारिस गर्न आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ। सीईओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनलगायत क्षेत्रमा कम्तीमा १० वर्ष व्यवस्थापकीय तहको अनुभव आवश्यक…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य भएको दाबी गरेका छन् । दुवै पक्षबीच युद्ध रोक्न एउटा अत्यन्तै बलियो समझदारी पत्रमा सहमति भएको उनको दाबी छ । तर, तेहरानले भने हालसम्म कुनै पनि सम्झौतालाई आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । जर्जियाका लेफ्टिनेन्ट गभर्नर बर्ट जोन्सको समर्थनमा आयोजित एक टेलिर्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘तपाईंहरूले सुन्नुभयो कि नाइँ कुन्नि, तर हामीले आज इरानसँगको युद्ध अन्त्य गरेका छौँ । उनीहरू आणविक हतियार कहिल्यै नबनाउन सहमत भएका छन्, जसमा हामीले जोड दिएका थियौँ र हाम्रो सम्पूर्ण उद्देश्य नै यही थियो । सम्झौताको ९५ प्रतिशत हिस्सा यही नै हो…
काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले बजेटमा भएको त्रुटी सच्याउने विगतको नै अभ्यास रहेको बताएकाे छ । मंगलबार अर्थमन्त्रीको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक विधेयक संशोधन गरेर करको दर हेरफेर गरेको र बजेटअघि सूचना चुहाएर विद्युतीय गाडीको भन्सार जाँचपास गराई घोटाला गरेको भन्ने दुईवटा विषयमा दुष्प्रचार भइरहेको बताउँदै बजेट सच्याउने विगतको अभ्यास भएको बताएको हो । जेठ १५ मा संसद्का दुवै सदनमा पेस भएको आर्थिक विधेयकमा केही अस्पष्टता र भाषिक त्रुटि देखिएपछि जेठ १७ गते नै त्यसलाई सच्याउने निवेदन संघीय संसद् सचिवालयमा पठाइएको उनको सचिवालयले उल्लेख गरेको छ । संसद् सचिवालयले उक्त सच्याइएको पृष्ठ विधेयकमै राखेर सांसदहरूलाई वितरण गरिसकेको…
काठमाडौं: नेपालको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तसम्म ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । जबकि २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट २४ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा २४ अर्ब १९ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग रहेको सञ्चिति…
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री नियुक्तिको सिफारिस गरेका थिए । यसअघि गृहमन्त्री सुधन गुरुङ नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् । महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए ।निर्वाचनअघि मन्त्री पदबाट…