Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि किशोरकुमार प्रधान र चन्द्र ढकाल प्यानलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । महासङ्घको केन्द्रीय कार्यालय टेकुमा दुवै प्यानलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । महासङ्घको वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका प्रधान प्यानलमा वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति रहेका छन् । यसैगरी ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईले उम्मेदवारी दर्ता गराएका हुन् । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकालको साथ रहेको छ । प्रधान समूहमा वस्तुगततर्फको सदस्यमा अरनिको…
काठमाडौँ: देशभरमा आज कोभिड–१९ का तीन हजार ३०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै तीन हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमध्ये पुरुष दुई हजार पाँच र महिला एक हजार ३०४ रहेका छन् । प्रवक्ता डा जागेश्वर गौतमले आज सङ्क्रमणमुक्त भएका तीन हजार ८४४ समेत गरी आजसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमणमुक्त भएको जानकारी दिनुभयो । आजसम्म निको हुने दर ७९ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । यससँगै…
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन भन्नुभएको हो । मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश गर्नुभएको मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिनुभयो । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा…
काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले बुधवार बसन्तपुरस्थित कुमारीको दर्शन गरेका छन् । कुमारीको दर्शनपछि उनि गौशलास्थित पशुपति नाथको मन्दिरमा पुगेका छन् । सुरक्षाका कारण नेपाली सेनाले पशुपती जाने र फर्कने ३ वटा बैकल्पिक रुट तय गरेको थियो । बसन्तपुरबाट उनलाई सैन्य स्कर्टिङमा रातोपुल हुँदै पशुपति लगिएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने भ्रमणमा नेपाल आएका नरवणेको बुधवार औपचारिक कार्यक्रम छैन् । पशुपती दर्शनपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने औपचारिक कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ…
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी विभिन्न औषधि प्रयोग गरीरहेको पाइएको भन्दै चिकित्सकको सिफारिसबिना औषधि प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमाफर्त जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्कम असर पर्ने बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे । उनले कोरोना संक्रमित भइसकेपछि एक्लै कोठमा बस्दा अत्यास लाग्नु स्वभाविक भएकाले त्यस्तो समयमा कोठामै बसेर गर्न सकिने आफ्नो इच्छा अनुसारका…
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज देशभरमा ३ हजार ३०९जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्ल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमण मुक्त भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।
काठमाडौं: बुधबार शेयरबजार नेप्से २.३९ अंकले घटेर परिसूचक एक हजार ६४०.६४ विन्दुमा पुगेको छ । २ सय २ कम्पनीका ५६ लाख ३१ हजार ६ सय ४ कित्ताशेयर २४ हजार ८२ पटकको कारोबारबाट १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब एक एक अंकले घटेर तीन सय २६ दशमलब चार नौ अंकमा पुगेर बन्द भएको छ । बुधबार कारोबार भएका १२ मध्ये ७ वटा समूहको सूचक ओरालो लागेको छ । व्यापार, होटल, जलविद्युत, अन्य र म्युचुअल फण्ड समूह भने उकालो…
काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना लगरी जम्मा १४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने प्रस्ट्याएका छन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए । ‘सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ?,’ उनले भने, ‘मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’ उनले आफूले राजीनामा नदिने कुरा पटक पटक दोहोर्याइरहेको समेत बताए। ‘मैले रिपिटेड्ली भन्या छु। फेरि केहीले खोई त राजीनामा भन्दै…
