Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बुटवल: कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनी आएर मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् । सो अवसरमा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे । लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा पर्यटक नआएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले मन्दिर खोल्न एक महिनाअघिदेखि माग गर्दै आएका थिए । विश्वव्यापी कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाउने गरी खुला गरिएको लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले बताए ।…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएका केहि गम्भीर समस्याका विषयमा जनआन्दोलन र संविधान निर्माणमा सहभागी राजनीतिक दलहरुको एक सर्वदलीय बैठक आयोजना गर्नुपर्ने बताएका छन। आइतबार नेकपा कार्यालयमा भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सो धारणा राखेका हुन्। अहिले कोरोना महामारीको कारण उत्पन्नल संकटदेखि सडकमा अहिले संविधानका मुलभूत विषयकै विरोधमा भइरहेको विरोधबारे छलफल गर्न सर्वदलीय बैठक आवश्यक देखिएको उनले बताएका छन्। ‘गणतन्त्र र संघीयताको विरोधमा सडकमा भैरहेको प्रदर्शनको विषयमा बैठकमा कुरा उठेपछि दाहालले जनआन्दोलन र संविधान जारी गर्ने दलहरुको बैठक राख्ने बताउनु भयो,’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘ठ्याक्कै मिति नभने…

Read More

काठमाडौँ: युवा सूचना प्रविधि व्यवसायीहरूद्वारा सञ्चालित एवं प्रवर्धित गुरु ईन्फोसिस प्रालिले सहकारी संस्थाहरूका लागि बहुउपयोगी एकीकृत गुरु कोर बैंकङ सिस्टम बजारमा ल्याएको छ । यो सिस्टमभित्र एस.एम.एस. बैंकिङ, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, एटिएम बैंकिङ, मिस्ड कल बैंकिङ, ट्याबलेट बैंकिङ, एबीबीएस जस्ता अत्यधुनिक सेवा-सुविधा रहेको गुरु इन्फोसिसले जनाएको छ । गुरु कोर बैंकिङ सिस्टम Software as service को अवधारणाका साथ बजारमा आएको छ । उक्त सफ्टवेयर क्लाउडमा चल्ने भएकाले सहकारीको आफ्नो डाटामा २४*७ सुरक्षित तवरमा पहुँच हुनेछ । गुरु कोर बैंकिङ सिस्टभित्र सदस्यहरूको शेयर, बचत, ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेज, Spread calculation, cost…

Read More

काठमाडौँ: धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले आइतबार मात्रै १६६ अर्ब रुपैयाँ गुमाएका छन् । शेयर बजार सूचक १२३ अंकले घटेपछि लगानीकर्ताको सम्पत्तीमा उच्च गिरावट आएको हो । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै शेयर तथा व्यक्तिगत कर्जाको सन्दर्भमा हालको व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । केन्द्रीय बैंकको यो कदमले आइतबार शेयर बजार सूचकमा सर्किट ब्रेक लागाउन पर्नेगरी घटेको छ । आइतबार नेप्से परिसूचक १२३.३४ अंकले घटेर १ हजार ९३२ दशमलव ११ अंकमा झरेको छ । नेप्सेमा १९७ कम्पनीको ६१ हजार ८५८ कारोबारबाट ७ अर्ब २० करोड रुपैयाँ बराबरको एक करोड ५४ लाख…

Read More

काठमाडौँ: सरकारले पहिलो पटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए । उनले भने, ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौं । ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौं ।’ संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरु रहेको भएपनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निस्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पार्नुभयो । कुनैपनि देशसँग नजिकको वा टाढाको भनेर कुटनीतिक व्यवहारमा…

Read More

काठमाडौं: सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ । मन्त्रीपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रीपरिषद्को निर्णयमा भनिएको छ । थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालु आर्थिक वर्ष २०७७-७८ मा विनियोजित बजेट अन्तर्गतका कार्यहरु कार्यान्वयन गर्नेछ । आगामी आर्थिक वर्षको बाँकी अवधि (२०७८ साउन १ गतेदेखि २०७८ पुस १० गते) मा भने प्राधिकरणले निजी आवास, सिंहदरबार, रानपिोखरी एवं धरहरा…

Read More

काठमाडौं: ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा संकट नआउने गरी सरकारले काम गरिरहेको बताएका छन्। नाकाबन्दीका समयमा डिजेल/पेट्रोलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत उत्पादन र वितरण हुने भएकाले आगामी दिनमा पेट्रोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने उल्लेख गरे। सरकारले ऊर्जा दशक (२०७५–२०८५) कार्यक्रम कार्यान्वयन गरिरहेको भन्दै उनले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने जानकारी दिए। १० हजार मेगावाटले आन्तरिक माग धान्ने र बाँकी ५ हजार मेगावाट क्षेत्रीय बजारमा बिक्री गर्ने मन्त्री पुनको भनाइ थियो । ‘सरकारले ऊर्जामा आत्मनिर्भरताका लागि नीति, कार्यक्रम र रणनीति बनाएरै…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना माकोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय संक्रमित छन्। १ हजार ७५२ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २५…

Read More

काठमाडौँ: निरन्तर बढेको बजारमा अस्वाभाविक गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जमा आज नकारात्मक सर्किट ब्रेक लगाएको छ। बजार ६ प्रतिशतले घटेपछि स्टकले आजका लागि कारोबार स्थगित गरेको छ । नेपाल राष्ट्र बैंकले शेयर कर्जा र व्यक्तिगत कर्जा पुनरावलोकन गर्ने बताएपछि शेयर बजारका लगानीकर्ताहरु अत्तालीएर शेयर बिक्री गर्दा बजार उच्चदरले घटेको हो । निरन्तर बढेको बजारमा नाफा बुक गर्नेहरु सक्रिय हुँदा पनि बिक्रीको चाप देखा परेको छ । स्टकका अनुसार आइतबार बजार १२३.३४ अंकले घटेर १ हजार ९३२ दशमलव ११ बिन्दुमा बन्द भएको छ। यसदिन १९७ कम्पनीको एक करोड ५४ लाख कित्ता शेयर ७ अर्ब २० करोड ९१ हजार ८० हजार रुपैयाँमा…

Read More

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक केही बेरमा सुरु हुँदैछ। धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकलाई लक्षित गरी सो क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। नेकपा कार्यलय वरपर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। त्यस्तै सो क्षेत्रमा नेपाली सेनाको बम डिटेक्टर टोलीले तैनाथ गर्नुका साथै कुकुर समेत परिचालन गरिएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने भएकोले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। बैठकस्थलमा नेताहरु आउने क्रम जारी छ। अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीबाहेकका नेताहरु केन्द्रीय कार्यालय पुगिसकेका छन्। यसअघि मंसिर १७ गतेको सचिवालय बैठक…

Read More