Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
टिओआइ: नर्वेमा कोरोनाविरुद्धको खोप लगाउने २३ वृद्धवृद्धाको मृत्यु भएको छ। फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाउने २३ वृद्धवृद्धाको मृत्यु भएसँगै यस विषयमा बृहत अनुसन्धान सुरुवात भएको छ। खोप लगाएको केही दिनभित्रै यी मृत वृद्धवृद्धाहरुमा गम्भीर प्रतिकूल असरहरु देखा परेका थिए। यसरी फाइजर–बायोएनटेकको खोपमाथि अविश्वास बढ्न थालेको छ। त्यहाँको सरकारले पनि उनीहरुको मृत्यु खोपकै कारणले भएको हो या होइन भन्ने विषयमा अनुसन्धान थालेको छ। ब्लुमबर्गका अनुसार खोप प्रयोग भएको छोटो समयभित्रै उनीहरुको मृत्यु भएको हो। खोप लगाएपछि वृद्धवृद्धामा डाइरिया, ज्वरो, पेट दुख्ने लगायतका समस्या देखा परेका थिए। नर्वेमा धेरै व्यक्तिहरुको मृत्यु भएपछि फाइजर–बायोएनटेकले युरोपमा आफ्नो खोपको निर्यात मात्रालाई घटाइदिएको छ।…
काठमाडौँ: संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले आफूले अहिलेको संविधानअनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्ने धारणा राखेको तर अहिले सन्दर्भ फरक रहेको दाबी गरेका छन्। अहिले आफूले बोलेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाएको प्रसंग उल्लेख गर्दै उनले त्यसबारे आफैले प्रष्ट पारिदिने बताए। ‘मैले बोलेको त्यो कुरा अहिले भाइरल बनाइएको छ, हो मैले त्यो कुरा २०७६ साउन ६ गते धुलिखेलमा पत्रकारलाई प्रशिक्षित गर्ने क्रममा बोलेको हुँ,’ शनिबार काठमाडौंमा आयोजित एक भेलामा केपी ओलीपक्षीय नेकपा कार्यकर्तालाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘तर अहिले प्रसंग फरक छ।’ उनले यो देशको शासन व्यवस्था संसदीय प्रणाली भएको हुँदा यस्तो व्यवस्थामा प्रधानमन्त्रीलाई विशेष…
गतवर्ष माघमा कोरोना भाइरसको उत्पतिस्थल चीनको वुहानबाट १ सय ७५ जना विद्यार्थी नेपाल ल्याएपछि राख्न प्रयोग गरिएको स्थान थियो, भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र। कोरोना भाइरसको एकदमै डर मानिने त्यसबेला स्थानीयको विरोधका बाबजुद नेपाली सेनाले उक्त तालिम केन्द्रलाई खरिपाटी क्वारेन्टिनमा रुपान्तरण गर्यो। १४ दिनपछि भएको परीक्षणमा सबै विद्यार्थीको रिपोर्ट नेगेटिभ आयो र घर पठाइयो। त्यसपछि उक्त तालिम केन्द्रलाई नियमित आइसोलेसनका रुपमा प्रयोग गरियो। सुरुमा विदेशबाट आउने शंकास्पद व्यक्तिहरुलाई त्यहाँ राखियो। उनीहरुलाई परीक्षणपश्चात घर पठाइन्थ्यो। त्यसयता कहिल्यै खाली नरहेको २०८ बेडको उक्त आइसोलेसन केन्द्र अहिले भने रित्तिएको छ। ‘एक समय आइसोलेसनमा मान्छे नअटाएर कहाँ पठाउने भन्ने तनाव हुन्थ्यो।…
काठमाडौँ: नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको नाम खड्क प्रसाद ओली नभई कीर्ते प्रसाद ओली भएको बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिकाले गोटीखेल ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै कीर्ते काम गरेको बताए। ‘केपी ओलीको नाम पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो’, थापाले भने। उनले राष्ट्रपति भण्डारीले पनि मन्त्रिपरिषदको सिफारिसमा धारा थपेर कीर्ते काम गरेको आरोप लगाए। उनले प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहलाई हेप्दा हेप्दै प्रधानमन्त्री ओली संविधानलाई नै हेप्ने अवस्थामा पुगेको बताए। उनले ओलीबाट अलगिएका प्रचण्ड–नेपाल समूहप्रति आफ्नो सहानुभूति रहेको बताए। उनले ओलीलाई अहिलेको…
काठमाडौँ: भारतमा कोरोना विरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ। भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका छन्। यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ। अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ। अग्रपंक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ। खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्। आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ। खोपका लागि एकिकृत…
काठमाडौँ: नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने भन्दै सरकारले शुक्रबार ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गरेका हुन् । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ नारासहित नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा बेटा भर्सन भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको मन्त्री गुरुङले बताए । उनले नेपालका हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने नागरिक एप अधिकतम प्रयोग गरी लाभ लिन आग्रह गरे यस्ता छन् एपका विशेषता नागरिकले ‘नागरिक एप’बाट प्यान कार्डसम्बन्धीआवेदन गरी प्यान…
मन्त्रिपरिषद्को निर्णयमा संविधानको धारा उल्लेख नभएको, राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा धारा, उपधारा उद्धृत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति कार्यालयबाट जारी भएको सूचनाकै विषयमा विवाद भएको छ । सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ भइरहेका बेला निवेदकहरूका कानुन व्यवसायीले सरकारले गरेको निर्णयमा व्यहोरा थप गरी राष्ट्रपति कार्यालयबाट सूचना जारी भएको भनी आपत्ति जनाएका हुन् । ‘२०७७ पुस ५ गते नेपाल सरकारको निर्णय अनि प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा पठाएको पत्र चार/चार पानाको रहेछ । त्यहाँ कहीं संविधानको धारा लेखेको छैन, संविधान मात्रै लेखेको छ,’ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले इजलासमा भने, ‘राष्ट्रपतिज्यूले त्यहाँ नेपालको संविधान धारा ७६ को उपधारा १ र…
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२८० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार २९५ पुगेको छ । एकै दिनमा मृत्यु भएको यो संख्मया हामारी भएयताकै तेस्रो सबैभन्दा बढी हो । यसैगरी बितेको २४ घन्टामा थप ५५ हजार ७६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३३ लाख १६ हजार पुगेको छ । यसैगरी हाल बेलायतका अस्पतालमा उपचारार्थ भर्ना भएका कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । जसमध्ये तीन हजार ६७२ जनाको भेन्टिलेटर बेडमा…
काठमाडौं । बाँकेको नेपालगञ्ज स्थित सूर्यगाउँमा राष्ट्रिय अनुसन्धान विभागका सहायक–सुचक मृत फेला परेका छन् । विभागको बाँके जिल्ला कार्यालयमा कार्यरत प्रविन थापा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले बताए । बिहिबार साँझबाट सम्पर्क बिहिन भएका प्रविनको शव नेपालगञ्ज–१८ स्थित खेतमा फेला परेको थियो । उनको टाउकोमा चोट लागेको डिएसपी खड्काले बताए । शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको छ । २२ बर्षिय प्रविन बर्दियाका स्थानीय हुन् । पछिल्लो समय उनि परिवारसँगै नेपालगञ्जमा बस्थे ।
काठमाडौँ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा स्थायी सदस्य राष्ट्रहरुको संख्या थप गरी भारतलाई समावेश गर्न नेपालले समर्थन जनाउने भएको छ । परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा नेपालले सो प्रतिबद्धता जनाएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरको अध्यक्षतामा बसेको बैठकपछि जारी संयुक्त वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘बदलिएको शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्न नेपालले संयुक्त राष्ट्रसंघको विस्तारित सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि समर्थन जनाएको छ ।’ भारतले लामो समयदेखि सुरक्षा परिषद्को स्थायी सदस्यको रुपमा मान्यता पाउन प्रयास गरिरहेको छ । तर, हरेक पटक उसको प्रयासमा चीन अवरोधको रुपमा खडा…
