टिओआइ: नर्वेमा कोरोनाविरुद्धको खोप लगाउने २३ वृद्धवृद्धाको मृत्यु भएको छ।
फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाउने २३ वृद्धवृद्धाको मृत्यु भएसँगै यस विषयमा बृहत अनुसन्धान सुरुवात भएको छ।
खोप लगाएको केही दिनभित्रै यी मृत वृद्धवृद्धाहरुमा गम्भीर प्रतिकूल असरहरु देखा परेका थिए। यसरी फाइजर–बायोएनटेकको खोपमाथि अविश्वास बढ्न थालेको छ।
त्यहाँको सरकारले पनि उनीहरुको मृत्यु खोपकै कारणले भएको हो या होइन भन्ने विषयमा अनुसन्धान थालेको छ।
ब्लुमबर्गका अनुसार खोप प्रयोग भएको छोटो समयभित्रै उनीहरुको मृत्यु भएको हो। खोप लगाएपछि वृद्धवृद्धामा डाइरिया, ज्वरो, पेट दुख्ने लगायतका समस्या देखा परेका थिए।
नर्वेमा धेरै व्यक्तिहरुको मृत्यु भएपछि फाइजर–बायोएनटेकले युरोपमा आफ्नो खोपको निर्यात मात्रालाई घटाइदिएको छ।
यसअघि पनि फाइजरको खोपले गम्भीर एलर्जीको समस्या निम्त्याएको बताइएको थियो।
टाइम्स अफ इन्डिया