Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्ज गर्ने क्रममा घरमा शनिबार आगलागी भएको छ । तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए । प्रहरी यसबारे थप तथ्य बुज्दै गरेको जनाएको छ ।

Read More

काठमाडौँ: नेपाल कम्यूनिस्ट पार्टी (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच शनिबार भेटवार्ता भएको छ । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच करिब एक घण्टा वार्ता भएको हो । सो क्रममा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेको स्रोतले बताएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ । संसद विघटन प्रकरण पछि नेकपा विभाजित भएपनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतैपनि खुलेका छैनन् । दुबै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आएपनि उनले निर्णय लिइसकेका छैनन् । गौतम दुबै पक्षको केन्द्रीय समिति र गुटको भेलामा सहभागी भएका छैनन् ।

Read More

काठमाडौँ: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले तत्कालिन माअ‍ोवादीबाट सरकारको नेतृत्व गरेका आङ्बोलाई शनिबार साँझ पदमुक्त गरेका हुन्। मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको भन्दै पदबाट हटाएको मुख्यमन्त्री राईले सेतोपाटीलाई जानकारी दिए। ‘उहाँले मुख्यमन्त्री राईविरुद्धनै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीको नेतृत्व गरिरहेको थाहा पाएँ, त्यही भएर पदमुक्त गरेको हुँ’, उनले भने। राई आफूले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरेको स्पष्ट पारे। आङ्बोले प्रदेस सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २…

Read More

मकवानपुर: हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौलीको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै जनता समाजवादी पार्टी (जसपा) ले शनिबार विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रहरी हस्तक्षेपकाबीच शनिबार जसपाले राजधानीमा मसाल जुलुस निकालेको हो । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक कदम’विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच झडप समेत भएको थियो । यसैबीच जसपाका नेता तथा कार्यकर्ताहरुले सप्तरीमा पनि वरोध प्रदर्शन गरेका छन् । संसद विघटनको विरोधमा स्थानीय शिवमन्दिर प्राङणबाट मसाल जुलुससहित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी…

Read More

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि २०७२ पुस १२ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना गरियो । भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाका निजी आवास, सांस्कृतिक धरोहर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक र खानेपानी संरचनालगायत पुनःनिर्माणको चुनौती प्राधिकरणसँग थियो । प्राधिकरण स्थापना भएपछि निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्विक महत्वका सम्पदा लगायत संरचना पुनःनिर्माण भइरहेको छ । प्राधिकरणले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ अनुसार काम गरिरहेको छ । ऐनअनुसार पाँच वर्षमा पुनःनिर्माणका काम नसकिएपछि प्राधिकरणको म्याद यही पुस १० गतेदेखि लागू हुने गरी एक वर्ष थप गर्ने निर्णय…

Read More

काठमाडौं: नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले केपी ओलीले निरंकुश शासक झैं मन्त्रिपरिषदको बिस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै उनले ओलीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्मादन आफैं पर्दाफास गरेको उल्लेख गरेका छन्। देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई संविधान र लोकतन्त्रको खिल्ली उडाएको उनको टिप्पणी छ।

Read More

काठमाडौं: प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटमा वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरेका छन् । वामदेवले भने आफू नेकपा एकीकरणको पक्षमा रहेको बताएका छन् । उनले आफू नेकपा एकीकरणको प्रयासमा रहेको बताएका वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएर आ–आफ्नै पार्टी कमिटी गठन गरे पनि वामदेव भने अहिलेसम्म कुनै पनि समूहमा छैनन् ।

Read More

चितवन: केपी शर्मा ओली पक्षले चितवनको नेकपा पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड–नेपाल पक्षका नेताहरूले आधा घण्टामै फोडेका छन्। जिल्ला इन्चार्ज कृष्ण खनाल, अध्यक्ष यमबहादुर परियारसहित जिल्ला सचिवालयका पदाधिकारी गएर ताला लगाएको केही बेरमै फोडेको चितवन जिल्ला प्रचार विभाग प्रमुख रामचन्द्र अधिकारीले बताए। ‘औपचारिक रुपमा पार्टी विभाजन नभएको र निर्वाचन आयोगले चिन्ह र पार्टीको आधिकारिक नाम छुट्याइ नसकेको बेला यसरी पार्टी कार्यालयमा ताला लगाउनु अराजकताको पाराकष्ट हो’, अधिकारीले भने, ‘यस्तो अस्वस्थ व्यवहारले राम्रो गर्दैन।’ उनले पार्टी कार्यालय कब्जा गर्ने नियत नै गलत भएको बताए। शनिबार बिहान चितवन पार्टी कार्यालयमा ओली पक्षका केही युवा नेताहरू गएर कार्यालयमा ताला लगाएका थिए। १५५…

Read More

काठमाडौँ: नेपालमा राजनीति घटनाक्रम तीव्र रुपमा विकास भइरहेका बेला नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा परामर्शमा लागि दिल्ली उडेका छन्। विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार राजदूत क्वात्रा शनिबार बिहान साढे ११ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन्। पछिल्लो १५ दिनको अवधिमा राजदूत क्वात्रा दोस्रो पटक दिल्ली उडेका हुन्। ‘१५ दिनअघि मात्रै क्वात्रा नेपालसम्बन्धी अन्तरिक छलफलमा भाग लिन दिल्ली पुगेका थिए। अहिले पनि नेपालमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न जान लागेका हुन्’, स्रोतले भन्यो। दुई साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य उच्च सरकारी अधिकारी, नेपालका लागि पूर्व भारतीय राजदूतहरु, थिंक ट्याङकका प्रतिनिधिबीच…

Read More