Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भद्रपुर: नेपाली सेनाका जवानले दमक नगरपालिका–६ स्थित गरिमा विकास बैंकको अगाडि भेट्याएको रु एक लाख प्रहरीलाई बुझाएको छ । पूर्वी पृतनाअन्तर्गत नं २१ बाहिनी अड्डामा कार्यरत नयाँ श्रीनाथ गणका जवान मेघबहादुर अधिकारीले एक हप्ता अघि फेला पारेको सो रकम इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको हो । नम्बर २१ बाहिनीपति सहायक रथी डा आशबहादुर तामाङका अनुसार सो रकम गरिमा विकास बैंक अगाडि बेलडाँगी सडक खण्डमा भेटिएको थियो । हालसम्म रकम हराउने व्यक्ति सम्पर्कमा नआएको हुँदा दमक इप्रकामा बुझाइएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले स्थानीय सञ्चारमाध्यमबाट र प्रहरीको फेसबुक पेजबाट सूचना जारी गरिरहेको बताउँदै…
काठमाडौँ: “माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ ?” प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित मन्त्री र सांसदहरुको प्रश्नोत्तर आरम्भ हुनुपूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सभामुखले रोष्टममा बोलाइसक्नुभएको थियो । जवाफ दिन तयार मन्त्री पुनलाई प्रश्न गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खगराज अधिकारीले गर्नुभएको उक्त प्रश्नको जवाफमा मन्त्री पुनले हाल नेपाल विद्युत् प्राधिकरणका करीब तीन लाख काठका पोलहरु रहेको र सबै काठका पोलहरु विस्थापन गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष ३० हजार पोल विस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले बाँकी विस्थापनको काम प्रदेश सरकारको सहकार्यमा विस्थापन…
राजविराज : सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो । दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ । यसैबीच मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु…
हेटौँडा : वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन । मन्त्री फुयाँलले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाउनुभएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पार्नुभएको योजना पूरा गर्न आफू लागिपर्ने बताए । उनले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताए । । मन्त्री फुयाँलले भने, ‘‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु ।’’ उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताए । कर्मचारी क्षेत्रलाई परिवर्तन…
चितवन : नेपालको राजनितिक आन्दोलनको इतिहासमा चितवन सदैव अग्रणी स्थानमा रहेको छ । देशको मध्य भागमा रहेको मिश्रित समाजयुक्त चितवनलाई केहीअघिसम्म नेपालको ७६ औं जिल्ला मानिन्थ्यो । नयाँ संविधानले नवलपरासी र रुकुमलाई दुई दुई जिल्ला गरी नेपालमा ७७ जिल्ला बनाएपछि अब त्यसो भन्ने स्थिति रहेन । यातायात, स्वास्थ्य, सञ्चार र शिक्षा जस्ता सेवा क्षेत्रका साथै राजनीतिक चेतनामा पनि अग्रणी जिल्ला भएका कारण हरेक आन्दोलनमा चितवन आफूलाई निर्णायक आन्दोलनको एउटा महत्वपूर्ण पाटोका रुपमा क्रान्तिलाई साथ, सहयोग र मलजल गर्ने जिल्ला बन्यो । नेपालको राजनीतिक परिवर्तनमा राणा विरोधीदेखि लोकतन्त्र स्थापनासम्मका आन्दोलनमा यसले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । चाहे त्यो विसं…
काठमाडौं : ३ दिने ‘दोस्रो टोखा महोत्सव’ को तयारीमा टोखा नगरपालिका जुटेको छ । धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक नगरी टोखामा आगामी फागुन २३ गतेदेखि सुरु हुन लागेको महोत्सवका लागि आज महोत्सव सचिवालयको बैठक बसेको छ । टोखा २ मा बसेको सचिवालयको बैठकमा महोत्सव तयारीका लागि गठित २४ वटा उपसमितिहरुको काम प्रगतिका बारेमा छलफल भयो । आजको बैठकले महोत्सव सचिवालयको कार्यालय समेत स्थापना भएको छ । बैठकमा सहभागी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले महोत्सव तयारी उपसमितिलाई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशन दिएका छन । बैठकमा साँस्कृतिक संरक्षित क्षेत्रमा हुने यो महोत्सव सिंगो टोखा नगरपालिकाको संस्कृति, धार्मिक सम्पदाहरुलाई पहिचान…
रुपन्देही : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए । “सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ । उनले भने, “एमसिसी संसद्मा पारित हुने विषय ठूलो नभएपनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्छ । अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि पाँच वर्षसम्म कायमै रहने बताए । “विगतमा अस्थिरताबाट जनता वाक्क भएका…
अछाम : अछामस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् । आज बिहान ढिलोसम्म उहाँ नउठ्नुभएपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ । मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न…
काठमाडौं ः नेपाली काँग्रेस पूर्व सांसद भागवत ज्ञवालीको आज मंगलबार निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा आज मंगलबार बिहान उनको निधन भएको हो । कांगेसको जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति समेत रहेका स्वर्गीय ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित थिए । भारतको दिल्लीमा उपचारपछि उनको ललितपुरको अल्का अस्पतालमा पुनः उपचार भइरहेको थियो । स्वर्गीय ज्ञवाली नेपाली काँग्रेस गुल्मीका एक अग्रज नेता थिए । २००१ साल कात्र्तिक १ गते जन्मिएका ज्ञवाली २०४८ सालको आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा उनले महत्वपूर्ण भूमिका…
काठमाडौं : काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा आज मंगलबार बिहानै एक पुरुषको बेवारिसे शव भेटिएको छ। मधेसी मूलका जस्ता देखिने पुरुषको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिएका छन। फेला परेको शवको मुचुल्का उठाउने काम भइरहेको समेत प्रहरीले जनाएको छ। पाइन्ट लगाएको अवस्थामा भेटिएको शव नदी किनारको ढिस्कोमा फेला परेको प्रहरीले जनाएको छ ।
