Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै बिहीबार आयोगको कार्यालय सामुन्ने विरोध प्रदर्शन गरेको छ । ‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार साझा पार्टीले विरोध प्रदर्शन गरेको हो । सिठी जुलुससहित भएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो । टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गर्दै रोकेको हो । यस क्रममा साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ । आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे…
काठमाडौं: एनसेलले प्रणय दिवसका अवसरमा स्पेशल अफर ल्याएको छ। कम्पनीले प्रिपेड ग्राहकका लागि भ्यालेन्टाइन अफर ल्याएको हो। कम्पनीले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत करसहित सय रुपैयाँमा ७ सय मिनेट टक टाइमको साप्ताहिक भ्वाइस प्याक पाउने जनाएको छ। कम्पनीका अनुसार यो योजना शुक्रबारदेखि तीन महिनासम्मका लागि लागू हुनेछ। यो अफर अनुसार ग्राहकले करसहित १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो अफर लिन एस्ट्रिक १७११८ एस्ट्रिक २ एस्ट्रिक ३ ह्यास डायल गर्नुपर्नेछ।
विराटनगर: भारत निकासी हुन थालेको साढे ७ करोड मूल्य बराबरको ६ सय टन पाम तेल विराटनगर भन्सारको गोदाममा थन्किएको छ। भारत सरकारले गत पुस २३ गते सूचना जारी गर्दै पाम तेलको आयातमा रोक लगाएपछि सोही दिन निकासी हुन लागेको पाम तेल व्यवसायीले सीमापारिबाट फर्काएर विराटनगर भन्सारमा ल्याएका थिए। भन्सारको गोदाममा पशुपति खाद्यतेल उद्योग, बाबा भेजिटेबल, स्वस्तिक आयल र श्रीराम रिफाइनरी उद्योगको तेल थन्क्याइएको छ। ‘विराटनगर भन्सारको पुराना गोदाम पाम तेलले ७५ प्रतिशत भरिएका छन्,’ इन्टरमोडल यातायात विकास समितिका प्रमुख गणेश घिमिरेले भने, ‘भन्सारको ८० प्रतिशत काम आइसिपीबाट हुन थालेको छ, तर आइसिपीमा पर्याप्त गोदाम छैनन्। त्यसैले साबिक…
बेत्रावती: बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिए । उनको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ । अहिलेसम्म ५४ को उपचार गरिएको छ । करिब ५० घरधुरी रहेको उक्त गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिए । तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी भएको हुनसक्ने अनुमान…
काठमाडौं: नेपाली कांग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो । शुक्रबारको बैकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताए । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ ।
बागलुङ: वर्षौंपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीको माहोल खेल र सङ्गीतमय बन्यो । गाउँलेले कुनै ताका देउरालीमा लाग्ने पुरानो शिवरात्रि र तीज मेलाको झल्को मेटे । माघे ठिहीकोसमेत प्रवाह नगरी कार्यक्रममा रमाए, झुमे । यही साता चलेको ‘प्रथम अध्यक्षकप भलिबल एवं साङ्गीतिक प्रतियोगिता’ले देउरालीलाई फेरि पुरानै चिनारीमा फर्कायो । देउराली पहिले व्यापारिक केन्द्र थियो । छिमेकी गाउँबाट घण्टौँ हिँडेर मानिस किनमेल गर्न आउँथे । बटुवा, लाहुरे बास बस्थे । समय बित्दै गयो । सडक आयो । नयाँ ठाउँमा बजार बसे । देउरालीको चहलपहल घट्यो । व्यापार सुस्तायो । त्यहाँ लाग्ने मेला, जात्रा पनि विस्तारै हटे । यसरी पहिचान गुम्दै…
बाँके: जिल्लामा सानादेखि ठूला पूर्वाधारका काम अघि बढिरहेका छन् । त्यसका लागि ढुङ्गा, गिट्टी, बालुवाजस्ता सामग्री नै महत्वपूर्ण हुन् । चालु आर्थिक वर्षको सात महिना बित्न लाग्दा पनि नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत बाँकेको राप्ती नदीमा नदीजन्य पदार्थको ठेक्का लाग्न नसक्दा विकासका काम प्रभावित भएका छन् । राप्तीसोनारी गाउँपालिकाले यसअघि तीनपटक नदीजन्य पदार्थका लागि ठेक्का आह्वान गरिसकेको छ । राप्तीसोनारीले चालु आवका लागि पहिलोपटक २०७६ भदौ १०, दोस्रोपटक कात्तिक ९ गते र तेस्रोपटक पुस २१ गते नदीजन्य पदार्थको बोलपत्र आह्वान गरेको थियो । तर, हालसम्म बोलपत्र स्वीकृत हुन नसक्दा विकासका काम प्रभावित भएका छन् । पहिलोपटक बोलपत्र हाल्ने…
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फ) कम्प्लेक्सको मैदानमा पहिलो खेल थ्रीस्टार क्लब र सङ्कटा क्लबबीच अहिले ११ः३० बजे हुनेछ । थ्रीस्टार १७ अङ्कसहित लिगको चौथो स्थानमा छ भने सङ्कटा १५ अङ्कसहित पाँचौँ स्थानमा छ । अर्को खेल दिउँसो ३ बजे नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ । पुलिस क्लब १४ अङ्कका साथ लिगको आठौँ स्थानमा छ । ब्रिगेड ब्वाइज आठ अङ्कसहित ११औँ स्थानमा छ ।
चितवन: छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरुपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पु¥याउन जरुरत देखिएको बताए । नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उहाँले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले यस क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिए । उनले भने, “चीनबाट पर्यटक नआउने र अन्यत्रबाट पनि पर्यटक आएनन् भने यहाँको व्यवसाय धरासायी हुन्छ ।” चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन् । सौराहा…
सिन्धुली: आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले आफूहरु जंगलको बीचमा रहेको बमजनको आश्रममा आएको बताए । खत्रीले भने, ‘हामीहरु आश्रममा आएका छौं, तर उनलाई (बमजन)लाई फेला पारेका छैनौं ।’ जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो । बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ ।…
