Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पशुपतिनाथ मन्दिरमा आज बिहान क्षमा पूजा गरिने भएको छ । कोरोना महामारिका कारण नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएपछि क्षमा पूजा गर्न लागिएको हो । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।…
काठमाडौं: अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएकाहरुलाई लगाइदिएर अमेरिकाले सोमबारबाट खोप अभियान सुरु गरेको हो । न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको बीबीसीले जनाएको छ । यी नर्स आईसीयूमा कार्यरत छिन् । अमेरिकाले फाइजर/बायोएनटेक खोप प्रयोगमा ल्याएको छ । फाइजर/बायोएनटेकलाई प्रयोगमा ल्याउन अमेरिकाले गत शुक्रबार मात्रै अनुमति दिइएको थियो । सोमबार १५० अस्पतालमा यो भ्याक्सिन लगाइएको छ । अमेरिकाले यो अभियानअन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म १० करोड जनामा खोप पुर्याउने लक्ष्य लिएको छ । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । कोरोना संक्रमणबाट अमेरिकामा करिब तीन लाख…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्। मंगलबार बिहान लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जानकारी दिएको हो । यसअघि आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएपछि बैठक स्थगित भएको थियो। बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने जनाइएको छ । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ । परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् ।…
काठमाडौं: नेपाल ईन्जिनियररिङ कलेजका पुर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । आफ्ना दाइलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै भाई निर्मलले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र सुस्मलता माथेमाको संयुक्त इजलाशले सोमबार सो रिट खारेज गरेको हो । रिट खारेज भएसँगै उनीमाथि पुनः अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । मंसिर १० मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) उनलाई पक्रेर हिरासतमा राखेको थियो । बन्दी प्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्चले ब्यूरोसँग सक्कल मिशील मागेको थियो । सर्वोच्चको रिट खारेज गरेसँगै उनीमाथि थप अनुसन्धानको बाटो खुलेको केन्द्रीय अनुसन्धान…
काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७१६ पुगेको छ। नेपालमा हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४७१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितमध्ये १० हजार ९५५ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आज ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको…
काठमाडौँ: नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेको छ। बिभिन्न जिल्लाका सभामा सम्बोधनका लागि खटिएका नेताले केपी शर्मा ओलीको सरकारमा भएका भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकारको असफलता, नेकपाको आन्तरिक द्वन्द्व र त्यसका कारण राजतन्त्रको पक्षमा सडकमा भएको प्रदर्शन लगायतका विषयमा आफ्ना भाषणहरु केन्द्रित गरेका थिए। कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि सांसद गगन थापासम्मले यिनै विषयहरुमा विशेष जोड दिएका थिए। कांग्रेसको सरकारविरोधी प्रदर्शनमा नेकपा अध्यक्ष प्रचण्डको प्रतिवेदनको चर्चा अर्को उल्लेखनीय पक्ष थियो। प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार भइरहेको र सरकारको असफलताका कारण राजावादीहरु व्यवस्थाविरुद्ध नै सडक प्रदर्शनमा उठेको भन्दै कांग्रेस नेताहरुले ओलीप्रति नै बढि आक्रोश व्यक्त गरेका थिए।…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोबार रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ । स्टकका अनुसार नेप्सेमा ५६.७२ अंकले वृद्धि भएर दुई हजार ६७.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.०४ ले वृद्धि भई ३८८.१६ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर रु सात अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो…
काठमाडौँ: नेपाल वायुसेवा निगमले २०३० सम्म ५ अर्ब ३० करोड नाफा गर्ने योजना बनाएको छ। निगमले सन् २०२१ देखि २०३० सम्मको १० वर्षे व्यावसायिक योजनामा मन्त्रालयमा बुझाउँदै थप ८ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने बताएको छ। निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले सन् २०२१ देखि २०३० सम्मको व्यावसायिक कार्ययोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाउँदै सुरुका ३ वर्ष नोक्सान नै भए पनि त्यसपछि निगम नाफामा जाने उल्लेख गरेका छन्। उनले सोमबार मन्त्री भट्टराईलाई बुझाएको कार्ययोजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ। निगमले सो…
काठमाडौं: कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
मंसिर २९, काठमाण्डौ । काठमाडौँ: ट्राफिक प्रहरीले चार जनाको मोटरसाइकल चोरी गर्ने समूह र चोरिएको मोटरसाइकलसहित पक्राउ गरेको छ। ट्राफिक प्रहरी प्रबक्ता तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मिति २०७६।१०।१० गते नैकाप काठमाडौंबाट बा ९४ प ४४६९ नम्बरको मोटरसाईकल हराएको भनि जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. १३ वस्ने पुर्ण राउतले महानगरीय ट्राफिक महशाखामा हुलिया सहितको निवेदन दिएकोमा महाशाखाबाट सादा पोशाकको प्रहरीले नयाँबसपार्क सडक खण्डमा चेक जाँच गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरि चलाएको पल्सर १५० सिसिको बा ८९ प १७७६ नम्बरको मोटरसाईकल र उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९४ प ४४६९ रहेको हुदाँ मोटरसाईकलसहित जिल्ला सिन्धुली हरिहरपुरगढि गाँउपालिका वडा…
