Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३।३६ अङ्कले घटेर एक हजार ४३१।५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५।१८ अङ्कले घटेर ३००।४९ मा झरेको छ । स्टकका अनुसार आज कूल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर रु एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ मा खरिद बिक्री भयो । आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २१।७६, व्यापार ११।२४, होटल ५९।५, विकास बैंक २१।५५, जलविद्युत् २।२४, वित्त ६।४२, निर्जीवन बीमा १५९।८७, उत्पादन ४९।७,…
काठमाडौँ, १४ साउन (रासस) : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पु¥याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पु¥याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिराले जोखिम पु¥याएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको…
काठमाडौं: प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका निरजबहादुर शाही र प्रधुम्न कार्कीले बुधवार एक बजे दज्र्यानी चिन्ह लगाउँदै छन् । सोमबारको मन्त्रिपरिषद्ले शाही र कार्कीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआइजीमा बढुवा गरेको थियो । उनिहरुलाई मध्यान्ह प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयका प्रबक्ता तथा एसएसपी कुबेर कडायत जानकारी दिए । बढुवा भएका कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र शाहीलाई मानवस्रोत एवं प्रशासन विभागमा पदस्थापन गरिएको छ ।
काठमाडौँ: पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको जानकारी दिए । अध्यक्ष बिष्टले भने, ‘पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ मृतकहरुको पहिचान खुलेको छैन । घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा परिचालन गरिएको जनाइएको छ ।
दाङ, १४ साउन (रासस) : दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उहाँका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ । ––
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवादमा आफ्नो धारणा स्पष्ट गर्न केही अघि नै तयारी अवस्थामा थिए, उपाध्यक्ष बामदेव गौतम । सो विषय समाचारको रुपमा बाहिर आएको पनि थियो । तर, साउन ६ गते उनको निजी सचिवालयले वामदेव गौतमले पार्टीभित्र विकसित परिस्थितिबारे वक्तव्य जारी गर्ने भनी आएका हल्ला निराधार भएको भन्दै उनले आफ्ना कुरा बैठकमै राख्ने बताएको थियो । तर सचिवालयले यस्तो बताएको सातै दिनमा मंगलबार गौतमको लिखित धारणा आयो । पार्टीभित्रको विवाद मिलाउन भन्दै गौतमको ६ बुँदे लिखित प्रस्ताव मात्र आएन, उक्त प्रस्तावले कोरोना र आफ्नो स्वास्थ्यको कारण हतपत बालुवाटारबाट ननिस्किने प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको…
काठमाडौं: लघुवित्त संस्थाले तीन महिनाभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा कुनै पनि रकम राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा आधारित भएर आज जारी गरेको एकीकृत निर्देशिका अनुसार लघुवित्त संस्थाले निश्चित प्रयोजनका लागि स्थापित दीर्घकालीन कोषको रकम मात्रै मुद्दती निक्षेपमा राख्न पाउने व्यवस्था गरेको छ । उक्त कोषबाहेक कुनै पनि बैंक तथा वित्तीय संस्थामा तीन महिनाभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा राख्न र नवीकरण गर्न नपाइने भएको छ । केन्द्रीय बैंकले लघुवित्तलाई लाभांश वितरणमा नयाँ व्यवस्था गरेको छ । इजाजत पत्र प्राप्त संस्थाहरुले आव २०७६÷७७ को खुद वितरण योग्य मुनाफाको ३०…
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै वास्तविक अयोध्या भारतीय सीमानजिकै रहेको नेपाली भूभाग ठोरीमा रहेको घोषणा गरे । उनले नेपालमाथि भारतले सांस्कृतिक अतिक्रमण गरेको पनि उल्लेख गरेका छन् । प्राचीन समयमा भारतमा रहेको अयोध्याबाट नेपालको जनकपुरसम्मको दुरी निकै टाढा रहेको र वर्णन गरिएअनुसारको उक्त दुई स्थानको यात्रा गर्नु तर्कसंगत नरहेको ओलीको भनाइ थियो । केही मिडिया रिपोर्टमा नेपालको पुरातत्व विभागले अब छिट्टै नै ठोरीमा उत्खननको काम सुरु गर्न सक्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो सम्वोधन उत्तराखण्डको ३२५ वर्गकिलोमिटरको भारतीय भूमिलाई आफ्नो नक्सामा देखाउँदै उक्त भूमि लिन सरकारले प्रयास सुरु गरेपछि आएको हो । नक्सा परिवर्तनपछि गरिएको संविधान…
नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने उल्लेख छ । ०५७–५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको तोडमा भारतले दिएका इन्सास राइफल दिएर सशस्त्र प्रहरी बल गठन गरियो । यसकै हतियार पनि माओवादीले लुट्न छाडेनन् । अहिले पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेको र जुनसुकै बेला स्थिति बिग्रन सक्ने भन्दै आर्मीले आफूले चलाइसकेका…
काठमाडौं: देशभर कोरोनाको महामारी फैलिरहेका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी आज मंगलबारसम्ममा ३८७ जनालाई संक्रमण पुष्टि भएको छ । तीमध्ये, २३५ जना उपचारपछि कार्यक्षेत्रमा फर्किसकेका छन् भने १४३ जना सुरक्षाकर्मी आइसोलेशनमा छन् । २१६ प्रहरी संक्रमित आइतबार र सोमबार मात्रै ४० भन्दा बढी प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । प्रहरी मुख्यालयमा मात्रै ३१ जनालाई कोरोना संक्रमण भएको प्रहरी वरिष्ठ उपरिक्षक कुवेर कडायतले जानकारी दिए । पछिल्लो दुई दिनमा प्रदेश–१ प्रहरी कार्यालय र जिप्रका स्याङ्जामा कार्यरत सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । २० जनामा संक्रमण देखिएपछि प्रदेश–१ प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी क्वारेन्टाइनमा छन्…
