Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर: चाँगुनारायण नगरपालिकाको छैटाँै नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा आजदेखि शुरु भएको चाँगुनारायण नगरपालिकाको छैटाँै नगरसभाले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गर्र्दै त्यसको विकल्प खोज्न आग्रह गरेको छ । नगरसभाको आजको पहिलो दिनको छलफलमा प्रवेश पाएको एक मात्रै एजेन्डा बनेको क्वारेन्टाइन राख्ने सरकारको निर्णयप्रति आलोचना गर्दै सभामा बोल्ने नेकपा, नेपाली काँग्रेस र नेमकिपाका जनप्रतिनिधि एवं नगरसभाका सदस्यहरुले सरकारको निर्णय सच्याउँदै विकल्प खोज्न माग गरेका थिए । नगरसभाको निर्णय सुनाउँदै नगरप्रमुख सोमप्रसाद…

Read More

चितवन: कारागार कार्यालय चितवनमा रहेका कैदी तथा बन्दीले रङ्गशाला निर्माणका लागि रु एक लाख ११ हजार १११ सहयोग गरेका छन् । कैदीबन्दीले जिल्ला प्रशासन कार्यालयमार्फत भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सो रकम सहयोग गरेका हुन् । रङ्गशाला निर्माणका लागि जारी महायज्ञमा सो रकम प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको हो । कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार रङ्गशाला निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कैदीबन्दीले सिदाको रकमबाट बचाएर रङ्गशालालाई सहयोग गरेका हुन् । अहिले कारागारमा ५४ महिला, चार आश्रित बालबालिका र ६७३ जना पुरुष रहेका छन् । तीमध्ये महिला, बिरामी र अशक्त कैदीबन्दीबाहेक अन्यले सो रकम सङ्कलन गरी रङ्गशाला…

Read More

विराटनगर: विराटनगर नाकाबाट धान र चामलको आयात घटेको छ । चालु आर्थिक वर्षको पुुस मसान्त सम्ममा चामल र धानको आयात घटेको हो। विराटनगर भन्सारले उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत छ महिनामा ७३ करोड ३० लाख मूल्यको १६ हजार ८ सय ३३ टन चामल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड ४८ लाख मूल्यको २५ हजार ९ सय ९० टन चामल आयात भएको थियो। त्यस्तै अघिल्लो आव २०७४/०७५ को पुस मसान्त सम्ममा ८९ करोड ९ लाख मूल्यको २२ हजार १ सय ७२ टन चामल आयात गरिएको थियो।कार्यालयका अनुसार चालु आवको छ महिनामा ३१ करोड…

Read More

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’ सम्बन्धी विधेयक ल्याउन लागिएको बताएका छन् । नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय सम्मेलनलाई शुक्रबार राजधानीमा उदघाटन गर्दै उनले चालु संसद्को अधिवेशनबाट सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउने जानकारी दिए। ‘सबै काम डिजिटल प्रणालीमा लैजान सरकारले डिजिटलसम्बन्धी धेरै विधेयक ल्याउने तयारीमा रहेको छ,’ उनले भने, ‘डिजिटलबाट काम गर्दा चुस्त दुरुस्त हुन्छ । सेवाग्राहीले पनि चाँडो सुविधा पाउँछन् ।’ डिजिटल प्रणालीलाई नियमन गर्नका लागि ‘पेमेन्ट गेटवे’ बनाउने तयारी गरिरहेको उनले बताए। औद्योगिक क्षेत्रमा आएको क्रान्तिसँगै सूचनाप्रविधिको पनि चुनौती थपिएको उनको भनाइ थियो।मन्त्री खतिवडाले नयाँ सूचना…

Read More

काठमाडौँ: भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ । ओजिलका एजेन्ट इकुट सोगुटले सो उनलाई जर्सी हस्तान्तरण गरेको हो । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन । जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता बन्न सफल भएकी छिन । दोस्रो पटक सो लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छिन । गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिईन । सेथु गत संस्करणको च्याम्पियन पनि हो । सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिईन…

Read More

काठमाडौं : नेपालले चीन सरकारलाई १ लाख थान प्रोटेक्टिभ मास्क प्रदान गरेको छ । आज शुक्रवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई भेटी चीनमा फैलिएको कोरोना भाइरसका संक्रमितका लागि भन्दै यहाँ रहेका मास्क हस्तान्तरण गरेका हुन् । सरकारले यसअघि कोरोना भाइरससँग जुधिरहेको छिमेकी मुलुक चीनलाई १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् । कोरोना भाइरसका कारण चीनमा ६ सय ३८ जनाको मृत्यु…

Read More

काठमाडौं: सांसद तथा उद्योगपति विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई टेलिकम कम्पनीलाई दिइने लाइसेन्सबारे ज्ञान नभएको आरोप लगाएका छन् । टेलिकम कम्पनजीले तिर्ने किस्ता चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्कबारे सञ्चारमन्त्रीलाई जानकारी नहुनु दुःखद् भएको चौधरीको भनाइ छ । बास्कोटाले बिहीबार सिजी टेलिकमले २० अर्ब रुपैयाँ तिरे मात्रै आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने बताएका थिए । त्यसको जवाफमा चौधरीले शुक्रबार आफ्नो टि्वटरमा लेखेका छन्, ‘मन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद छ ।’…

Read More

वासिङ्टन डीसी (एजेन्सी) : संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ । ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो । कासिम अल–रिमी अरबी प्रायद्वीपमा आतंकवादी संगठनको नेता हुन् । “राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विरोधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अल कायदाका नेता कासिम अल–रिमीलाई सफलतापूर्वक पराजित गरेको छ ।” विज्ञप्तिमा भनिएको छ । उनी अल–कायकाको अन्तर्राष्ट्रिय संगठनका सहायक नेता थिए । अमेरिकी अधिकारीको दाबी अनुसार रिमीले यमनमा आम नागरिकहरू विरुद्ध अपराध गरेका…

Read More

हेटौँडा: कृषि उत्पादन बढाउनका लागि नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेको खेतमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ पु¥याइएको छ । विसं २०७२ मा स्थापित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका अनुसार रौतहट र सर्लाही जिल्लामा डिप ट्यबुवेल र स्यालो ट्युबवेलको निर्माण एवं जडानपश्चात् सिँचाइ सुविधा पु¥याइएको हो । उक्त प्रक्रियाबाट कृषि बालीमा सिँचाइ सुविधा पुगेको र उत्पादन बढेको किसानको भनाइ छ । सर्लाही जिल्लामा २०७५÷०७६ मा डिप ट्युबवेल ४६ वटा तथा स्यालो ट्यबुवेल आठ हजार ८० वटा जडान गरी २३ हजार ८५० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइएको प्रमुख कामेश्वर यादवको भनाइ छ । त्यस्तै रौतहट…

Read More

काठमाडौं: चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने गंगालाल महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ केवलपुर गाउँपालिका-५ घर भएका २८ वर्षीय कृष्ण नेपाली सहित ५ जनालाई नगद १६ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी चन्द्रागिरी नगरपालिका-४ थानकोटस्थित पार्किङ गरि राखेको बा.५ ख ३१८८ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका-५ थानकोट बस्ने ३९ वर्षीय बालकृष्ण न्यौपाने समेत ५ जनालाई नगद २३ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरी प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक…

Read More