काठमाडौँ: फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् ।
श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षिय बालकलाइ अभिभावकले कोशी नदिमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित भएको छ ।
यसैगरी दिपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् । त्यस्तै अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा experienceNepal कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे । त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो ।
आईएमएस डेली लाइफमा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अर्घाखाची सिमेन्ट न्युज बिधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए ।
नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । experienceNepal ‘कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो । डिसहोम एक्सन स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माईलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठ कैे फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटोहरु तेस्रो भयो ।
वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, बरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, बरिष्ठ फोटोग्राफर मणी लामा, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निर्बतमान अध्यक्ष प्रकास माथेमा रहेको छ ।
‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैया पुरस्कार प्राप्त गरेकाछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेकाछन् । काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रतियोगितामा ३भहउभचष्भलअभल्भउब िकल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्शन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो ।
नेपाल फोटो प्रतियोगिता २०७५ मा समावेश सात विधाअन्तर्गत ‘आइएमएस डेली लाईफ’ मा १ हजार १ सय ५३, ३भहउभचष्भलअभल्भउब िकल्चर तथा टुरिजम’ मा १ हजार ५७, ‘नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार १८, ‘अर्घाखाची सिमेन्ट न्यूज फोटो’ मा ४ सय १६, ‘डिसहोम एक्शन स्पोर्टस’ मा ३ सय ६२, ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’ मा १ हजार १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ५२ वटा फोटोकथाको ५ सय २० फोटा प्रतिस्पर्धामा छन् ।