Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 28
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » शेयर बजारप्रति अर्थमन्त्रीको टिप्पणी: बच्चाको दाँत निस्कने बेला ज्वरो आए जस्तो अवस्था हो

    शेयर बजारप्रति अर्थमन्त्रीको टिप्पणी: बच्चाको दाँत निस्कने बेला ज्वरो आए जस्तो अवस्था हो

    पहिलोक्लिकपहिलोक्लिकDecember 11, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ, शेयर बजारलाई पारदर्शी, स्वस्थ्य र चिर स्थायी बनाउनका लागि सरकारले कदम चालेको छ, हतारमा शेयर किनबेचभन्दा धैर्य गर्न लगानीकर्तालाई सुसूचित गर्नुपर्ने अवस्था छ ।”

    देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख हुने क्रममा बच्चाको दाँत निस्कने क्रममा ज्वरो आएको जस्तो अवस्था रहेको मन्त्री खतिवडाको भनाइ थियो । उत्पादन क्षेत्रमा लगानी बढाएर राष्ट्रिय पूँजी निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको उहाँले उल्लेख गर्नुभयो । कृषि, ऊर्जालगायत उत्पादन क्षेत्रमा अहिले कर्जाको माग बढिरहेको बैंकले शेयर बजारमा चाहे जति लगानी गर्न सक्ने अवस्था कमजोर रहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले तरलताको अभावले पनि शेयर बजारलाई केही हदसम्म तलमाथि पारेको हुनसक्छ भन्नुभयो ।

    पूर्वअर्थमन्त्री डा बाबुराम भट्टराईले सरकारले बचतलाई वृद्धि गर्ने र शेयर बजारका लगानीकर्ताले पनि धैर्य गर्नुपर्ने अवस्था देखिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो अर्थतन्त्र अहिलेसम्म पनि उत्पादनमुखी हुन सकेको छैन, राज्य बढी जिम्मेवार हुनुपर्छ, पूँजी बजारमा देखिएका समस्या सहकार्य, वार्ता र संवादका आधारमा सम्बोधन गर्नुपर्छ ।”

    पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले विश्वासको जगबाट पूँजी बजार डग्मगाउने स्थिति पुग्न लागेको हो भने विशेष व्यवस्था गरेर प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । पूर्वअर्थमन्त्री एवं समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शेयर बजार स्वस्थ्य र लगानीकर्तालाई सुरक्षित एवं उत्साही बनाउन आवश्यक रहेको विचार प्रकट गर्नुभयो ।

    राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पूँजी बजारमा धेरैलाई समेट्न नसक्दा तथा कारोवार गर्ने व्यक्ति आफँै सङ्कुचित हुँदा छोटो समयमै शेयरको मूल्यमा उचारचढाव आउने परिस्थिति बनेको धारणा राख्नुभयो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले लगानीकर्ताको दोस्रो बजारमा केही तलमाथि परेको भए पनि पहिलो लगानीमा खासै असर नगरेको जानकारी दिनुभयो ।

    नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कात्तिकबाट पूर्णरुपमा अनलाइनमार्फत पूँजीबजार सञ्चालनमा आएपछि विगतमा उठ्ने गरेका धेरै प्रश्नको सम्बोधन भएको बताउनुभयो । नेपाल ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले ५० दलाल कम्पनीले मुलुकका ४१ शाखामार्फत १७ शहरमा शेयर किनबेचका क्षेत्रमा सेवा पु¥याइरहेको जानकारी दिनुभयो ।
    नेपाल इन्भेस्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले शेयर कर्जालगानी सबैभन्दा सुरक्षित भए पनि सरकारको गलत नीतिका कारण पूँजी बजारको सूचकाङ्क दुई वर्षदेखि ओरालो लागेर निकै तल झर्न पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

    बैठकमा समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले पूँजी बजारमा देखिएका समस्या र चाल्नुपर्ने कदमबारे जानकारी लिन आयोजना गरिएको छलफललाई समितिले निरन्तरता दिँदै आवश्यक निर्देशन दिने बताउनुभयो ।

    Facebook Comments Box

    डा युवराज खतिवडा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.