काठमाडौं: धनगढी प्रिमियर लिग (डीपीएल) को अक्सनमा शनिवार ललित भण्डारी, ललित राजवंशी, पवन सराफ र भीम सार्कीमाथि महंगा बोली लागेको छ।
आज राजधानीमा भएको अक्सनमा आरिफ शेख र बिनोद भण्डारीमाथि पनि समान २ लाख ५० हजारको बोली लागेको छ।
घरेलु लिगमा आरिफ र विनोद यसअघि पनि महंगा खेलाडी रहेका थिए तर, यो पटक ललित भण्डारी, ललित राजवंशी, पवन सराफ र भीम सार्की पनि यो सूचीमा अटाउन सफल भएका छन्।
महंगा ६ खेलाडी मध्ये तीन जना रुपन्देही च्यालेन्जर्समा छन् । ललित भण्डारी, विनोद भण्डारी र भीम सार्कीलाई उसले गोलाप्रथाबाट आफ्नो टिममा पारेको हो ।
यसैगरी आरिफ शेख महेन्द्रनगर युनाइटेडमा आवद्ध भएका छन् भने ललित नारायण भण्डारी कठमाडौं गोल्डेन र पवन शरार्फलाई धनगढी स्टारले पाएको छ ।
प्रदिप ऐरीलाई रुपन्देहीले २ लाख ४० हजारमा किनेको छ भने रोहितकुमार पौडेललाई महेन्द्रनगरले २ लाख ३० हजारमा लिएको छ ।
यसैगरी सीबाईसी अत्तरियाले सन्दीप जोशरालाई २ लाख ३० हजार र भुवन कार्कीलाई २ लाख १० हजारमा बोलि लगाएको छ ।