काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधन गरीसकेपछि ओलीसमक्ष प्रश्न राख्न पाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अहिले संसदमा रोस्टम घेराउ र नाराबाजी जारि राखेको छ।
सभामुख कृष्ण बहादुर महराले अहिले प्रतिप्रश्नको पालो नभएको भन्दै प्रश्न राख्न अनुमति नदिएपछि अहिले संसदमा हंगामा चलेको छ।
यसो भने सभामुखले
सभामुखले यो प्रश्न उत्तरको कार्यक्रम होइन भनेपछि विपक्षी दल कांग्रेसका केहि सदस्हरुले होहल्ला र नारावाजी सुरु गरेका थिए। प्रश्न उत्तरको अर्को छुट्टै प्राबधान छ भन्दै प्रश्न राखन नदिएपछि सो हङ्गामा भएको हो। प्रतिनिधसभा नियमावलीको परिच्छेद नम्बर ८ र ९ मा प्रधानमन्त्री संग प्रत्यक्ष प्रश्न उत्तरको कार्यक्रम रहेको तर अहिलेको अवस्थामा त्यो सभामुखले त्यस्तो कार्यक्रम नराखेको भनेपछि कांग्रेसका सांसदहरुले सो नाराबाजी गरेका हुन्।
तर एकछिन पछिको फेरी सभामुखले मिनेन्द्र रिजाललाई बोल्नको लागि एक मिनेटको समय दिएको थियो र फेरी नाराबाजी गरेपछि फेरी प्रश्न उत्तरको समय बन्द गरेको जानकरी सभामुखले गराए।
संसद १५ मिनेटका लागि स्थगन गरिएको छ।