काठमाडौँ: नेपाली सेनाका दुई सहायकरथी गोकुल भण्डारी र यम ढकालबीच आज सैनिक जंगी अड्डामा सैनिक प्रबक्ताको जिम्मेवारीको बुझबुझारथ कार्यक्रम सम्पन्न भएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयका निर्देशक तथा सैनिक प्रबक्ताको जिम्मेवारी भण्डारीले सहायरथी ढकाललाई हस्तान्तरण गरेका हुन्।
यो संगै अव नेपाली सेनाको औपचारिक प्रबक्ताको जिम्मेवारी निर्देशक ढकालले सम्हाल्ने छन्। यसभन्दा अघिका सैनिक प्रबक्ता भण्डारीले एक वर्ष उक्त पद सम्हालेका थिए। सर भण्डारीको भक्तपुरको खरिपाटीस्थित सैनिक तालिम केन्द्रमा सरुवा भएको छ जहान उनले केन्द्रको कमाण्डाण्टको भूमिकामा रहने छन्।
यस्तै सर. ढकाल भने पूर्वीपृतना हेडक्वाटरबाट सरुवा भइ सैनिक प्रबक्ताको भूमिकामा आएका हुन्।