काठमाडौँ: अमेरिकामा गाेली हानेर एक नेपालीको हत्या गरिएकाे छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।
लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो ।
उनि अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालन गरेका थिए ।
गत बिहीबार राति साढे ११ बजेतिरको घटना हो। उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए।
गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन्। अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
घाइते बानियाँकाे भने नेपालकाे ठेगाना खुलेकाे छैन।
Facebook Comments Box