काठमाडौं : आज बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
सुन बुधबार ६४ हजार ५ सयमा कारोबार भएको थियो । आज ५ सयले बढेर सुन ६५ हजार कायम भएको हो ।
सुन असार २७ देखि ६४ हजार ५ सयमा कारोबार भएको महासंघले जानकारी दिएको छ । आज छापावाला सुन ६४ हजार ७ सय कायम भएको छ ।
त्यस्तै बिहिबार चाँदी प्रतितोला ७ सय ६५ कायम छ । चाँदी हिजो (बुधबार) ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सुन चाँदीको मूल्य आकासिँदै गर्दा यसको कारोबार भने घटेको सुनचाँदी व्यवसायी बताउँछन । बजारमा यतिबेला सुन खरिदकर्ता भन्दा पुरानो सुन बेच्ने उपभोक्ताहरुको संख्या बढेको उनीहरु बताउँछन ।