टोकियो : जापानमा आज आइतबार ६ दशमलब ५ रेक्टर स्केलको भूकम्प आएको छ ।
देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३।३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।
जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।
क्षतिबारे जानकारी आउन भने बाँकी छ ।
Facebook Comments Box