काठमाडौं : यूरोपेली एनआरएनएले आगामी ३ र ४ तारिखमा इटालीको रोममा १२ औँ यूरोपेली बैठकको आयोजना गर्दैछ ।
एनआरएनए यूरोपको उद्देश्य भनेको नेपालमा पर्यटन र लगानी प्रबर्धन भन्ने विषयमा एनआरएनएले बैठकको आयोजना गर्न लागेको हो ।
नेपालमा लगानीका लागि उपयुक्त वातावरणको सिर्जना भएको संदेशका साथै नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नु नै यस बठैकको प्रमुख उद्देश्य रहेको एनआरएनएले जारी बिज्ञप्तिमा उल्लेख छ ।
बठैकमा गरैआवासीय नेपाली नागरिकताको बिषयमा रहेका द्विविधा, यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नु परेको समस्या र त्यसको समाधान, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै राहत कोषको अवधारणा लगायतका एजेन्डामा बठैक केन्द्रित रहनेछ ।
बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्रि भानुभक्त ढकाल, नेपाल पर्यटन बोर्डका अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कायक्रयम संयोजक सुरज वैद्य, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूताबासका राजदूत एवं अन्य बिशिस्ट व्यक्तित्वहरु सहभागी हुने विज्ञप्तिमा जनाइएको छ ।