काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ को प्रथम एघार महिनामा ३८ अर्ब ७८ करोड बराबरको सुन तथा चाँदीको आयात भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँकको अनुसार समिक्षा अवधिमा सुन तथा चाँदीको आयात आर्थिक वर्ष २०७३/७४ को सोहि अवधिको तुलनामा २७ दशमलब ४८ प्रतिशतले बढी हो ।
गत वर्षको प्रथम एघार महिनामा २८ अर्ब ६ करोड बराबरको सुन र १० अर्ब ७२ करोड बराबरको चाँदी आयात भएको छ जुन आर्थिक वर्ष २०७३/ ७४ को प्रथम एघार महिनाको तुलनामा सुनtको आयात २६ दशमलब ४ प्रतिशत र चाँदीको आयात ३० दशमलब ४ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७३/ ७४ को प्रथम एघार महिनामा २२ अर्ब २० करोडको सुन र ८ अर्ब २१ करोड बराबरको चाँदी आयात भएको थियो भने आर्थिक वर्षभरि जम्मा २३ अर्ब २३ करोडको सुन र ८ अर्ब ६० करोड बराबरको चाँदी आयात भएको थियो ।
नेपाल राष्ट्र बैंकले सुनको आयातको कोटा बढाएको कारणले सुनको आयातमा बृदि भएको सुन चाँदी ब्यावसायी तेज रत्न शाक्यले बताए ।
उनले भने- ‘स्थानीय बजारमा सुनको माग बढेसंगै गत वर्षबाट नेपाल राष्ट्र बैंकले दैनिक १५ किलोग्राम सुन आयात बाट २० किलोग्राम बनाएको थियो त्यहि कारणले सुनको आयात बढेको हो’ ।
तर चाँदीको आयातमा भने माग भन्दा केहि बढी भएको उनले बताए । उनका अनुसार स्थानीय बजारमा दैनिक ३०० किलोग्रामको हाराहारीमा चाँदीको माग छ ।
उपभोक्ताहरु सुनको मूल्य बढेपछि चाँदीमा लगानी गर्न थालेका चाँदीको आयात बढी भएको उनको भनाइ छ ।
यधपी, अहिलेसम्म चाँदीको दुरुपयोग भने नभएको बताउदै यदि यसको आयातमा अझै बढ्न गएमा सरकार तथा सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्ने उनले बताए ।