Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 22
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली

    एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली

    पहिलोक्लिकपहिलोक्लिकSeptember 4, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो ।

    एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने यथावत् छ ।

    उक्त घटनामा पहिचान गरिएका आठ चिनियाँ नागरिकमध्ये छ जना पक्राउ परे । फरार दुई जनाका बारेमा प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन । प्राविधिक विषय भएकाले पनि अनुसन्धानमा ठूलो चुनौती खडा भएको छ । प्रहरीले विभिन्न नाकामा राखिएको र एटिएम बुथमा रहेको सिसी टिभीको श्रव्यदृश्यलाई अनुसन्धानमा प्रयोग गरिरहेको छ ।

    यसअघि पिनकोड चोरेर व्यक्तिको रकम निकालिएका घटना थिए । यो पटक स्विच नै ह्याक गरेर बैंकको पैसा निकालिएकाले पनि प्रहरीलाई अनुसन्धानमा थप चुनौती छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको भन्दै फरक प्रकृतिको घटना भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको बताउनुभयो ।

    दुई जना फरार हुनु र अर्काेतर्फ भाषा नबुझ्ने समस्याले घटनाको अनुसन्धान जटिल बन्दै गएको छ । अङ्ग्रेजी र नेपाली नजान्ने अभियुक्त छन् भने चिनियाँ भाषा नजानेको प्रहरी छ । “भाषा समस्याले अनुसन्धानमा केही जटिलता भएको छ, समस्याका बीचबाट पनि हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौँ”, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भन्नुभयो । प्रहरीले दोभाषे राखेर घटनाको अनुसन्धान गरिरहेको छ । जसका कारण अनुसन्धानका विषय चुहिनसक्ने समस्या पनि प्रहरीमाथि छ ।

    “एक व्यक्तिबाट अर्काे व्यक्तिमा सूचना जाँदा केही न केही परिवर्तन हुन्छ, अहिले प्रहरीले उक्त घटनामा पक्राउ परेका चिनियाँबाट तेस्रो व्यक्तिमार्फत सूचना लिइरहेको छ, हामीले बोलेको दोभाषेले कति बुझ्छ, उसले अभियुक्तलाई कति बुझाउन सक्छ, अभियुक्तले बोलेको कुरा दोभाषेले कति बुझ्छ र हामीलाई कति बुझाउन सक्छ, यहीँनिर समस्या छ”, बोगटीले भन्नुभयो । प्रहरीले उनीहरुसँग लिएको प्रारम्भिक बयानमा भने घटना स्वीकार गरे पनि अन्य विवरण भने प्रस्टसँग खुलाएको छैन ।

    “प्रमाण सङ्कलन गर्ने काम र सम्बन्धित निकायलाई पत्राचार गर्ने काम भइरहेको छ, डिजिटल फरेन्सिक ल्याबमा अहिले प्राप्त सामग्रीको परीक्षण भइरहेको छ, सबुद सङ्कलन, प्रमाण जुटाउने र प्रारम्भिक बयानको काम गरिरहेका छौँ”, प्रनाउ बोगटीले भन्नुभयो । अनुसन्धानमा विशुद्ध बैंकको सफ््टवेयर ह्याक गरेर पैसा लुट्ने योजनाभन्दा बाहेक अरू केही नदेखिएको भन्दै उहाँले भन्नुभयो, “आठ जना संलग्न रहेको पत्ता लागेको छ, अरू बढी कति छन् अनुसन्धानपछि मात्रै खुल्छ, दुई जना फरार छन् ।”

    उनीहरु सबै एकै समयमा काठमाडौँ छिरेका थिए । घटनाको थप कारण पत्ता लगाउन परिसरले इन्टरपोललाई पनि पत्राचार गरिसकेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)समेत अनुसन्धानमा खटिएको छ । अनुसन्धान जटिल भएकाले प्रहरीले राष्ट्र बैंकबाट विज्ञ टोली मगाएको छ । विश्वभाषा क्याम्पसबाट पनि आवश्यक सहयोग लिइएको छ । विशेषज्ञको उपस्थितिमा काम गर्नुपर्ने भएकाले पनि जटिलताहरु आइरहेको प्रहरीले जनाएको छ ।

    नेपालको बैंकिङ प्रणालीमा नै सशङ्कित पार्ने गरी गत शनिबार काठमाडौँमा उक्त घटना भएको थियो । अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा रु एक करोड ८९ लाख रकम विभिन्न बैंकबाट निकालिएको घटनाले बैंकिङ क्षेत्र तरङ्गित भएको हो । झण्डै सात वटा बैंकबाट पैसा निकालिएको बताउँदै प्रहरीले दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट अधिकांश बैंकको रकम निकालिएको बताएको छ । एटिएमका गार्डले विदेशी नागरिकको शङ्कास्पद गतिविधि देखेपछि बैंकमा खबर गरेका थिए । सोही सूचना बैंकमार्फत आएपछि प्रहरी नायब उपरीक्षक बोगटीकै नेतृत्वमा प्रहरी टोली दरबारमार्ग पुग्दा चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेला पारेका थिए ।

    खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटिएम कार्ड र भर्खरै निकालिएको रु ४५ हजार फेला परेपछि एटिएम बुथ नै ह्याक गरेर करोडौँ रकम निकालेको रहस्य खुल्यो । भाषा नबुझेपछि उनीसँग रहेको होटेलको साँचोका आधारमा प्रहरी हात्तीसारस्थित होटलमा पुगेको थियो । होटलको कोठा नं २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा अन्य चार ह्याकर भाग्दै गर्दा पक्राउ परेका थिए । प्रहरी जुन लिफ्टबाट ६ तलामाथि चढ्दै थियो ह्याकरहरु बाहिरिन त्यही लिफ्ट कुरेर बसेका बेला पक्राउ परेका थिए ।

    एटिएम बुथबाट झू लियाङ्याङ र होटलबाट लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन पक्राउ परेका थिए । चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई ली भाग्ने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरुले नक्कली भिसाकार्ड प्रयोगबाट विभिन्न बैंकको डाटा ह्याक गरेर एटिएम बुथबाट एकै दिनमा झण्डै दुई करोड निकालेका थिए । प्रहरीले यस्तो प्रकृतिको घटना अहिलेसम्म नभएको दाबी गर्दै आएको छ ।

    उनीहरुबाट रु एक करोड २६ लाख २९ हजार ४५, नौ हजार १०८ अमेरिकी डलर, एक हजार १९१ युआन, २५० युरो, पाँच हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, १३२ थान नक्कली भिसाकार्ड, १७ थान सक्कली भिसाकार्ड, एक थान कार्ड प्रिन्टर मेसिन, मोबाइल तथा ल्यापटप, डाटा कार्डलगायत बरामद गरिएको छ । उनीहरुलाई बैंकिङ्सुरअन्तर्गतको मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    आठ जना चिनियाँ नागरिक उक्त घटनामा संलग्न रहेकामा दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका चिनियाँ ह्याकरबाट गैरकानूनी रुपमा डलर सटही गरेका ठमेलस्थित डेक्सो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडी सोमबार पक्राउ गरेको छ । ह्याकरले एटिएमबाट निकालिएको रु २९ लाख ९९ बाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै उनीहरुसँग साटेका थिए ।

    चिनियाँ नागरिक पक्राउ परेलगत्तै नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीले भेटेर घटनाको जानकारी लिएका थिए । उनीहरुले घटनाको सत्यतथ्य छानबिन गर्न अनुरोध गरेको र कुनै दबाब नदिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ अभियुक्तहरुको परिवार नेपाल आइपुगेका छन् । आज बिहान उनीहरुले अभियुक्तलाई भेट गरेको परिसरले जनाएको छ ।

    सिसी क्यामराका श्रव्यदृश्यबाट तथ्य खोजिँदै

    प्रहरीले घटनाको अनुसन्धानका लागि राजधानीको विभिन्न सम्भावित क्षेत्रका र एटिएम बुथको सिसी क्यामराको श्रव्यदृश्य मगाएको छ । फरार रहेका दुई जनाको पहिचानका लागि प्रहरीले सबै प्रहरी वृत्तलाई निगरानी गर्न निर्देशन दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलगायत अन्य कार्यालयले पनि अनुसन्धानलाई सहयोग गरिरहेको छ ।

    ह्याकरले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबललगायत सात बैंकको रकम निकालेको प्रहरीले जनाएको छ । “ती बैंकको एटिएमका सबै सिसी क्यामरा मगाएका छौँ, त्यसबाट पनि नयाँ तथ्य खुलन सक्छ”, प्रनाउ बोगटीले भन्नुभयो । यसअघि प्रहरीले पैसा सटही गर्ने व्यक्तिको पहिचान सिसी क्यामराबाटै गरेको थियो ।

    हात्तीसारको होटेलबाट निस्किएको ट्याक्सी पच्छ्याउँदै प्रहरी ठमेलसम्म पुगेको थियो । फरार रहेका ह्याकरहरु ठमेलबाट कता गए भनेर पहिचान भएको छैन । केरुङ नाकासम्म पुगेको जानकारी आएकाले अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

    ह्याकरले प्रयोग गरेका थिए ‘हिट एण्ड रन’को सूत्र

    ह्याकरले ‘हिट एण्ड रन’को सूत्र प्रयोग गरेको पाइएको छ । छोटो समयमा काम सक्ने (हान्ने र भाग्ने) योजनालाई अनुसन्धानमा हिट एण्ड रनको सूत्र भनिन्छ ।

    भदौ १३ गते शुक्रबार चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका उनीहरु भदौ १७ गते फर्कने योजना बनाएका थिए । होटल तीन दिनका लागि मात्रै बुक थियो । बिदाको दिन निगरानी र चहलपहल कम हुने भएकाले उनीहरुले शनिबारलाई उपयोग गरेका थिए ।

    योजना भने उनीहरुले विदेशमै बनाएको प्रहरीले पुष्टि गरेको छ । शनिबार बिहानदेखि पैसा निकाल्न थालेका उनीहरुले ४ बजेसम्ममा रु एक करोड ८९ लाख निकालेका थिए । उनीहरुको शनिबार दिनभरमा काम सकेर आइतबार आवश्यक सफाय गर्ने र सोमबार फर्कने योजना भए पनि प्रहरीले विफल बनाइदियो ।

    प्रहरीले मगायो विज्ञ टोली

    प्रहरीले घटनाको अनुसन्धानका लागि सूचना प्रविधिसम्बन्धी विज्ञ टोली मगाएको छ । सबै मनिटर गर्ने नेपाल राष्ट्र बैंक भएकाले विज्ञ टोलीका लागि बैंकलाई पत्राचार गरिसकेको प्रहरीले जनाएको छ ।

    “आर्थिक सम्बन्धीको ठूलो मुद्दा भएकाले मुख्य निरीक्षण राष्ट्र बैंकले नै गर्र्ने हो, त्यसैले हामीले विज्ञ टोली उपलब्ध गराइदिन अनुरोध गरेका छौैँ”, प्रनाउ बोगटीले भन्नुभयो । प्रहरी प्रधान कार्यालयका आइटी विज्ञको टोलीसमेत घटनाको अनुसन्धानमा सक्रिय छ ।

    राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले घटनाको छानबिन गरिरहेको बताउँदै त्यसको रिपोर्टपछि सबै कुरा खुल्ने बताउनुभयो । उहाँले प्रहरीको चिट्ठी हेरेर आवश्यक सहयोग गर्ने राससलाई बताउनुभयो ।

    नेप्ससँग जानकारी लिँदै प्रहरी

    पन्ध्रवटा बैंकको स्विच उपलब्ध गराउने संस्था ‘नेप्स’ हो । उसले ती बैंकको सफ्वेयर सेवा प्रवाह गर्दै आएको थियो । त्यसैले अनुसन्धान र सोधपुछका लागि नेप्सका पदाधिकारलाई बोलाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

    उनीहरुको प्रविधि, त्यसको प्रयोग र समस्याका विषयमा छलफल हुने प्रहरीले जनाएको छ । मङ्गलबार उनीहरुलाई बोलाइए पनि नआएकाले आज पुनः नेप्सका पदाधिकारीलाई बोलाएको छ । “मुख्य कुरा नै नेप्सको सफ्टवेयरबाट घटना घटेको छ, तपाईंहरुले अनुसन्धानमा सहयोग गर्नु भएन भने थप जटिलता आउँछ भनेर प्रस्ट भनिएको छ, उहाँहरु मङ्गलबार आउने कुरा थियो आउनुभएन आज आउँछौँ भन्नुभएको छ ”, बोगटीले भन्नुभयो ।

    प्रहरीका अनुसार अहिलेसम्म बैंकबाट रु एक करोड ८९ लाख पैसा निकालिएको छ । त्यसमध्ये एक करोड ५६ लाख र झण्डै १५ हजार अमेरिकी डलर प्रहरीले बरामद गरिएको छ । अझै केही रकम फिर्ता ल्याउन सकिएको छैन ।

    Facebook Comments Box

    एटिएम ह्याक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    October 26, 2026

    वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

    October 13, 2026

    ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

    October 8, 2026

    नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

    October 2, 2026

    निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित

    September 27, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.