१३ औं साग गेम अन्तर्गत दुइ दिन हुन गइरहेको Cycling Race Championship लाई व्यवस्थित बनाउन कलंकीदेखि कोटेश्वर सडक खण्ड प्रभावित हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरीले आज र भोलि शनिवारको दिन बिहान ११ बजे देखि ३ बजे सम्म खेल हुने सडक खण्ड अवरुद्ध हुने जानकारी दिएको छ ।
आज कलंकीदेखि कोटेश्वर सडक खण्डमा हुने हुँदा उक्त सडक खण्डमा आवतजावत गर्ने सडक प्रयोगकर्ताहरुले सर्भिस लेन प्रयोग गर्नु पर्ने छ ।
शनिवार कलंकीदेखि सुर्यविनायक सडक खण्डमा उक्त खेल हुने हुँदा कलंकीदेखि कोटेश्वर सडक खण्ड प्रयोग गर्ने सडक प्रयोगकर्ताहरुले सर्भिस लेन मात्रै प्रयोग गर्नु पर्ने हुन्छ ।
त्यसदिन कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगाती तर्फ जाने सडक प्रयोगकर्ताले जडिबुटी, पेप्सीकोला, पुरानो ठिमी, व्याँसी, कमलविनायक, च्यामासिंह हुदैं जगातीको सडक प्रयोग गर्नु पर्ने प्रहरीले जनाएको छ ।