काठमाडौँ: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महाँसंघको अल्पकालिन,मध्यकालीन तथा दीर्घकालिक रणनीतिक कार्ययोजना निर्माण को लागि कार्यशाला गोष्ठी सहित केन्द्रीय समितिको पाँचौ पुर्ण बैठक सम्पन्न भएको छ ।
मंसीर २० र २१ गते लुम्बिनी मा सम्पन्न बैठकले व्यवसायीका व्यवसायजन्य सीप र दक्षता अभिबृधी संवन्धी अभियान चलाउने,परिवर्तित पाठ्यक्रम अनुसार छपाइ हुने पाठ्यपुस्तकको रजिस्ट्रेशन समयावधि तथा मुल्य निर्धारण सम्वन्धमा नेपाल सरकारको शिक्षा बिभाग एवं पाठ्यक्रम बिकास केन्द्र तथा सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरेको सचिव शिव सागर शर्माले बताए ।
त्यसैगरी आसन्न शैक्षिक सत्र मा समयमै पाठ्यपुस्तकहरुको उपलब्ध गराउन पहल गर्ने त्यसका लागी पाठ्यक्रम बिकास केन्द्र तथा सरोकारवाला निकायसंग समयमा नै छलफल गर्ने समेत निर्णय गरेको उनले बताए ।

बैठकले महाँसंघका सबै निकायहरुलाइ स्थानीय संघ संस्थाहरुसंगको सहकार्यतामा तथा एकल रुपमै भएपनि पठन संस्कृति अभियानको लागि सामाजिक रुपान्तरणको क्षेत्रमा सक्दो कार्यगर्न समेत आव्हान समेत गरेको छ ।
बैठकले महाँसंघमा आबद्द जिल्ला शाखाहरु तथा प्रदेशहरुको साधारण सभा क्रमश पौष १५ र पौष मसान्त सम्म सम्पन्न गरि माघ २४ र २५ मा केन्द्रीय साधारणसभा तनहु ज़िल्लामा गर्ने निर्णय गरेको छ ।
बैठकले अध्यक्ष नवनिधी पन्तद्वारा घरायसी कारण देखाइ दिनुभएको राजिनामा स्वीकृत गरि बॉकी कार्यावधीको लागि बरिष्ठ उपाध्यक्ष मनहरी बस्याल लाइ अध्यक्षको ज़िम्मेवारी दिने निर्णय गरेको सचिव शर्माले बताए ।
