Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 28
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » घरेलु मदिराजन्य पदार्थको विकृति रोक्नु: सर्वोच्च

    घरेलु मदिराजन्य पदार्थको विकृति रोक्नु: सर्वोच्च

    पहिलोक्लिकपहिलोक्लिकJanuary 21, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं : सर्वोच्च अदालतले घरेलु मदिराजन्य पदार्थको विकृति रोक्न सरकारका निकायलाई आदेश दिएको छ। जाँडरक्सीको मनपरी उत्पादन र बिक्रीवितरणमा नियन्त्रण र अनुगमनमा कडाइ गर्न निर्देशनात्मक आदेश भएको हो।

     

    व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु मिसाएर घरेलु जाँड, रक्सी, छ्याङ, तोङ्बा, निगारजस्ता मदिराजन्य पदार्थ छ्यापछ्याप्ती बिक्रीवितरण र सेवन भइरहेको भन्दै अधिवक्ता जगन्नथा मि श्र, सुमिता डंगोल, शारदा गुरुङ र नवीन कार्कीले गत वैशाखमा रिट दिएका थिए। उपभोक्ता अधिकारवादी रहेका उनीहरूले कानुन न्याय तथा सामाजिक कल्याण मञ्चका तर्फबाट रिट दायर गरेका थिए।

     

    सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ गर्न भनेको छ। सर्वोच्चले मदिरा ऐन, अन्तःशुल्क ऐन र उपभोक्ता संरक्षण ऐनमा भएका नियमन र नियन्त्रणकारी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रहरी प्रधान कार्यालय, आन्तरिक राजस्व विभागलगायत निकायलाई निर्देशनात्मक आदेश दिएको छ।

     

    सर्वोच्चले मदिराजन्य पदार्थको हानि रोक्न सरकारी संयन्त्रमार्फत कानुन कार्यान्वयन र अनुगनमको प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

    मदिरासम्बन्धी नियम, २०३३ को नियम (७) मा कुनै व्यक्तिले निजी प्रयोजनका लागि एकपटकमा पाँच लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन अनुमति लिन नपर्ने, त्यस्तो जाँड रक्सी वर्षको ६ पटक भन्दा बढी बनाउन नपाइने, निजी प्रयोजनका लागि रक्सी वा जाँड बनाउने व्यक्तिले सो जाँड वा रक्सी बनाएको सूचना अन्तशुल्क अधिकारीलाई दिनुपर्ने ब्यवस्था छ। आफ्नो धर्म, रिती, रिवाज, संस्कृति जोगाउन निजी प्रयोजनका लागि वर्ष भरीमा ३० लिटरसम्म रक्सी बनाउन र ६० लिटरसम्म जाँड बनाउन सक्ने सुविधा कानुनले दिएको छ।

    निजी उपयोगका लागि बनाइएको रक्सी वा जाँड बनाउने व्यक्तिले अनिवार्य रूपमा त्यसरी रक्सी वा जाँड बनाइएको व्यहोराको सूचना अन्तःशुल्क अधिकृतलाई दिनुपर्ने बाध्यकारी व्यवस्था नियममा छ। यस्तै, बिहान १० देखि बेलुकी १० बजेसम्म मात्र र अन्तःशुल्क अधिकारीले निश्चित स्थानमा मदिरा बिक्रीवितरण गर्न निषेध गर्न सक्ने भनिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ ले पनि अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न रोक लगाउँदै नियमको पालन नगरे पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवानाकोे व्यवस्था गरेको छ। कानुन कार्यान्वयनको पाटो भने कमजोर छ। घरेलु मदिराको कच्चा पदार्थमा कट्टु, थोत्रा लुगा, मोजा, टायर, प्रयोग भइसकेका सेनेटरी प्याड, सिनोजस्ता वस्तुलाई प्रयोग गर्ने गरेको जनगुनासो रहे पनि नियन्त्रण प्रभावकारी नभएको दाबीसमेत निवेदकको छ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.