काठमाडौं : सुन र चाँदीको भाउ आज मंगलबार फेरि बढेको छ । प्रतितोला ३०० रुपैयाँले सुनको भाउ बढेको हो ।
यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ३०० रुपैयाँ र तेजाब सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ७५ हजार र तेजाबी सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ८९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।