काठमाडौं : सरकारले जारी निषेधाज्ञा दोस्रो पटक थप्दै आगामी भदौ ३१ गतेसम्म कायम गर्ने निर्णय गरेको छ ।
आज बसेको काठमाडौं उपत्यकाको तीनै जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई लम्ब्याउँदै विभिन्न क्षेत्रसंग सम्बन्धित व्यापार व्यवसाय र रोजगारीका क्षेत्रहरु खुला गर्ने समेत निर्णय गरेको छ । यसका लागि निश्चित समय तोकिएको छ ।
सरकारले खुला गरिएकामध्ये सार्वजनिक, नीजि यातायातका साथै फुटपाथ, पसल, ठेला व्यापार, विद्युतीय सामग्री पसल तथा डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ । वर्कसप भने विहान ८ देखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । यी व्यवसाय खोल्नका लागि स्वास्थ्य मापदण्ड अनिवार्य लागू हुनुपर्ने नियम तोकिएको छ ।
गत भदौ १७ गते गरिएका निर्णय बमोजिम सञ्चालन हुने सेवा र कार्यलाई यथावत राखिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
थप जानकारीका लागि तलको लिंक क्लिक गर्नुस