काठमाडौं ।
गृहमन्त्री राम बहादुर थापा बादलले विहिबार संघर्षरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिको धर्ना कार्यक्रममा पुगेर सरकारले उनीहरुले उठाएको मागमा सकारात्मक रहेको बताएका छन् ।
१९ बुंदे माग प्रति सरकारको गम्भिरतापूर्वक ध्यानकर्षण भएको जनाएका हुन्। सरकारको यसबारेमा प्रम र मेरो तर्फबात यस धर्नामा उपस्थित हुन आएको बताउंदै, उठाइएका विषय र मागप्रति सरकार गम्भीर छ र सरकारले छिट्टै वार्ता टोलि गठन गर्ने र उनीहरुलाई पनि एउटा वार्ता टोलि गठन गर्न अनुरोध गरे।
तपाईंहरुले प्रस्तुत गर्नु भएको १९ बुंदे मागको समस्याको समाधान वार्ता र सम्बादमार्फत नै गर्छौं। उनले भने तपाईंहरुले उठाउनु भएको समस्याहरुलाई राजनीतिक, कानुनि र प्रशाशनिक माध्यमबाट समाधान खोज्ने पनि गृहमन्त्री थापाले बताए।
“मेरो र प्रमको अनुरोध छ कि तपाईंहरुले गरिरहनु भएको यो धर्ना र विरोध कार्यक्रमलाई अन्त्य गरेर वार्ता टोलि मार्फत सरकारसंग वार्तामा आउने आग्रह गर्दछौं, उनले भने।
तपाईंहरुको आन्दोलनलाई वार्ताकै माध्यमद्वारा अघि बढाउँन हुन समेत अग्राह गर्दछु- गृहमन्त्री थापाले भने।
थारु कल्याणकारी सभाका केन्द्रिय अध्यक्ष धनीराम चौधरीसहित ३१ जना विरुद्ध अहिले जिल्ला अदालतमा खराव सूचि र केहि मुद्धरु मुल्तवीमा रहेकोले यसको न्यायिक छानविन गरी मुद्धालाई किनारा दिन रुक्मिणी चौधरी, पूर्व सांसद तथा थरुहट संगठन विभाग प्रमुखले माग गरिनन्।
उनले भनिन् थारुहट आन्दोलनमा ७ जना सहिद भएको पनि उनले बताइन। सहितको दर्जा पाउन माग गरिन्। अझै एक जना को सहिद प्रक्रिया हुन बाँकी रहेको उनले जानकारी दीइन।
धर्ना स्थलमै आएर गरिएको सम्बोधन लाई गृहमन्त्रीलाई धन्यवाद दिए। थारु समुदाय जना गडना मार्फत राना थारु र अन्य थारु समुदय गरेर फ़ुटाउन लागिएको समेतमा ध्यानाकर्षण गरिन् ।