काठमाडौँ:
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद्मा विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् । आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले यस्तो जानकारी गराएका छन् । मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएको एक मन्त्रीले बताए ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री अोलीले यहीं वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने जानकारी गराएका हुन् ।
सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् ।