काठमाडौं: नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ ।
आईपीओमा ५ लाख ८३ हजार ८९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि आवेदन परेको छ । प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाको दर अनुसार कुल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँको सेयर माग भएको हो ।
कम्पनीको आईपीओमा पुस ७ गतेदेखि आवेदन खुलेको हो ।
यो आईपीओ ५०-५० कित्ताका दरले १८ हजार ४ सय ९५ जनालाई पर्नेछ । आवेदक संख्याको आधारमा आईपीओ भर्ने हरेक ३२ मध्ये एक जनालाई ५० कित्ता सेयर पर्नेछ ।
