Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 30
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लगानी बोर्डद्वारा एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने गृहकार्य, १४ वटा निकायले तोके फोकल पर्सन

    लगानी बोर्डद्वारा एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने गृहकार्य, १४ वटा निकायले तोके फोकल पर्सन

    पहिलोक्लिकपहिलोक्लिकJanuary 18, 2026No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: लगानी बोर्ड नेपालले छिटो छरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गरी लगानी वृद्धिका लागि सहज बनाउन एकल विन्दु सेवा केन्द्र (One Stop Service Center) सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ ।

    लगानी बोर्डले एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङलाई तोकेको छ । एकल विन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ वटा सरकारी निकायले अख्तयारीसहित फोकल पर्सन तोकेका छन् । जसमा निम्नानुसारका मन्त्रालय, विभाग एवं निकायहरु रहेका छन् :

    • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
    • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
    • वन तथा वातावरण मन्त्रालय
    • नेपाल राष्ट्र बैंक
    • अध्यागमन विभाग
    • आन्तरिक राजस्व विभाग
    • उद्योग विभाग
    • खानी तथा भूगर्भ विभाग
    • भन्सार विभाग
    • श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग
    • विद्युत विकास विभाग
    • कम्पनी रजिष्ट्रारको कार्यालय
    • नेपाल दुरसञ्चार प्राधिकरण

    बोर्डले तोकेका अरु निकायहरुले पनि फोकल पर्सन तोक्न सक्नेछन् । बोर्डको कार्यालयले एकल विन्दु सेवा केन्द्रका लागि सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुसँगको समन्वयमा कार्यविधिको मस्यौदा तयार पारेको छ ।

    बोर्डले तत्कालका लागि सम्बन्धत मन्त्रालय/निकायका फोकल पर्सनसँग समन्वय गरी कार्य अघि बढाउनेछ ।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जेन्जी आन्दोलनका क्रममा बोर्डको कार्यालयमा आगजनी भएको हुँदा नयाँ कार्यालयको व्यवस्थापन र कार्यविधिले अन्तिम रुप पाएपछि एकै ठाउँबाट सेवा प्रवाह हुने बताउनुभयो । अटोमेसनबाट काम हुने हुँदा प्रविधिको प्रयोग महत्वपूर्ण भएको उहाँको भनाइ छ ।

    फोकल पर्सनहरुसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानीसम्बन्धी राष्ट्रिय लक्ष्य प्राप्ति र सुशासन कायम गर्नका लागि अपनत्व लिएर काम अघि बढाउन अनुरोध गर्नुभयो । ‘लगानी बोर्डले सबैसँग समन्वय गरेर काम गर्छ । यसमा सबै निकायहरुको साथ र सहयोग अपेक्षित छ’-ज्ञवालीले भन्नुभयो ।

    विज्ञ रामकृष्ण सापकोटाले धेरै निकायहरुबाट सेवा प्रवाह गर्नु पर्दा लगानीकर्तालाई झन्झटिलो हुने भन्दै एकल विन्दु सेवा केन्द्रको कार्यान्वयनले लगानीकर्तासँग सम्बन्धित कार्यहरु चुस्त रुपमा हुन सक्ने बताउनुभयो ।

    अहिलेका लागि फोकल पर्सन सम्बन्धित मन्त्रालय/निकायको सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट हुनेछन् । उनीहरुले लगानी बोर्डको कार्यालयबाट सिफारिस भएका आ-आफ्नो निकायसँग सम्बन्धित कार्यहरु सम्पादन गर्नमा सहजीकरण गर्नेछन् ।

    लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार फोकल पर्सनले सार्वजनिक निजी साझेदारी ऐन २०७५, सार्वजनिक तथा लगानी नियमावली २०७७ र लगानी बोर्डको रणनीति तथा व्यावसायिक योजनाले तोकेका सेवा प्रवाहसम्बन्धी कार्यहरु गर्न सहयोग पुर्याउनेछन् । यस्तै उनीहरुले लगानी बोर्डको कार्यालयबाट प्राप्त फाइल तथा पत्रको समयमै राय प्रतिकृया दिने, कार्यरत निकाय तथा लागनी बोर्डको कार्यालयबीच पुलको काम गर्ने, संस्थागत समन्वयकर्ताको भूमिका निर्वाह गर्ने लगायतका कार्यहरु गर्नेछन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.