छड्के जाँचमा ३६ मध्ये ११ वटा फेल
कााठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनले कति प्रदूषण फैलाइरहेका छन् रु यसको एउटा नमुना ललितपुरमा गरिएको छड्के जाँचले देखाएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा गरिएको सवारी प्रदूषण अनुगमनमा ३६ वटा सवारीसाधन जाँच गरिएको थियो।
ललितपुरको खुमलटार र सातदोबाटो क्षेत्रमा गरिएको उक्त जाँचमा ११ वटा सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएका छन् भने २५ वटा पास भएका छन्।
अर्थात्, जाँच गरिएका सवारीसाधनमध्ये ३०।५६ प्रतिशत प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका छन्।
यसले सडकमा गुडिरहेका सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणको चुनौती अझै गम्भीर रहेको संकेत गरेको छ।

